३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक बस्दै, प्रचण्डलाई संसदीय दलको नेता छान्ने



अ+ अ-

काठमाडौं । आज (बुधबार) नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) को संसदीय दलको बैठक बस्दै छ । बैठकमा दलको नेता चयन गर्ने कार्यक्रम रहेको छ । दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा बस्न लागेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने योजना रहेको नेता देव गुरुगले जानकारी दिए । 

हिजो (मङ्गलबार) बसेको केन्द्रीय समिति बैठकले आज संसदीय दलको बैठक तय गर्दै नयाँ नेता चयन गर्ने कार्यसुची बनाएको हो । यसअघि मंगलबारै बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।