२३ असार २०८३, मंगलवार
,
Latest
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा तीन अध्यक्ष !



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपामा तीन जना अध्यक्ष भएका छन् । सो पार्टीमा यसअघि पनि दुई अध्यक्ष भने थिए, केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड । आज अपरान्हदेखि भने सो दलमा तीन जना अध्यक्ष भएका छन् । 
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले संसद विघटन गरेर नयाँ निर्वाचनको मिति तोकेपछि सो दल औपचारिक रुपमा फुटतर्फ गएको छ । जसका कारण आज नै दुई अध्यक्षका अलग अलग  केन्द्रीय समिति बैठक बसेका थिए । 
सोही बैठकमध्ये दाहाल र माधव नेपाल पक्षको बैठकले ओलीलाई अध्यक्षबाट निष्कासन गरेर माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ । माधव नेपाललाई पार्टीको अध्यक्ष प्रस्तावित गरेपछि अबदेखि नेकपामा तीन अध्यक्ष भएका छन् । 
हुनत उता बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय समितिको बैठकमा कसैलाई पार्टीबाट ननिकाल्ने या कारबाही नगर्ने निर्णय भएको थियो । तर यता दाहाल नेपाल समूहको बैठकमा भने माधव नेपाललाई पार्टी अध्यक्षका रुपमा प्रस्ताव गरिएको छ । 
यस प्रस्तावपछि भने नेकपामा तीनजना अध्यक्ष भएका छन् । यसको वैधानिकता भने बाँकी नै छ । यो प्रस्ताव निर्वाचन आयोगमा जान पनि बाँकी नै छ । निर्वाचन आयोगबाट यसले वैधानिकता प्राप्त गर्न समेत बाँकी छ । 
 




भर्खरै