२३ असार २०८३, मंगलवार
,
Latest
मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले भने-‘ओली कम्युनिष्ट नै होइनन्’



अ+ अ-

काठमाडौं । आज बिहानैदेखि नेकपाका दुई अध्यक्षका दुई अलग अलग बैठक भए र तिनको अनेक थरका समाचार आए । उता बालुवाटारमा प्रधानमन्त्री एवं एक अध्यक्ष केपी ओली पक्षको बैठक भयो भने यता बबरमहलमा पुष्पकमल दाहाल, प्रचण्ड पक्षको बैठक सम्पन्न भयो । 

संसद विघटन गरेका प्रधानमन्त्री ओलीप्रति यता प्रचण्ड भने निकै आक्रोषित भएका थिए । बबरमहलको एक पार्टी प्यालेसमा आयोजित सो बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आफूलाई ओलीले निकै दुःख दिएको र अपमान गरेको दुखेसो पोखे । 

प्रचण्डले ओलीलाई यतिसम्म दुःख पोखे कि पार्टी एकता भएको गएको साढे दुई वर्षको अवधिमा आफूलाई ओलीले बोल्न पनि नदिएको बताएका थिए । उनले भने, साढे दुई वर्ष विचित्रले बिताइयो, बैठकमा मलाई बोल्न दिइएन । उनले आफूले पार्टी बैठकमा पनि बोल्न नपाएको बताएका थिए । 

आफूले पाएको दुःख देखेर पनि प्रचण्डले ओलीको कार्यशैली कम्युनिष्टसँग विल्कुलै नमिल्ने उनले बताएका थिए । उनले भने, मलाई त ओली कम्युनिष्ट हुन् भन्ने नै लाग्दैन किनभने उनीमा कम्युनिष्ट पार्टीको एक कार्यकर्तामा हुनुपर्ने कुनै पनि गुण छैन । 

कुनै बेला भावुक हुदै त कुनैबेला आक्रोस पोख्दै करिब एक घन्टा बोलेका प्रचण्डले ओलीप्रति निकै तितो पोखे । यसै क्रममा ओलीलाई प्रचण्डले प्रश्न गरे– एकतिहाइको संख्या लिएर बसेका ओलीले तीन तिहाई सदस्य थप्न मिल्छ ?