२३ असार २०८३, मंगलवार
,
Latest
सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले भुक्तानी दिलाउने जिम्मा नलिएसम्म आन्दोलन रोकिन्न : उखु किसान



अ+ अ-

काठमाडौं । चिनी मिलबाट आफुहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिदासम्म आन्दोलन जारी राख्ने उखु किसानहरुले बताएका छन् ।

उखुको बक्यौता रकम नपाएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उखु किसानहरुले चिनी मिल सञ्चालकबाट बक्यौता रकम भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिए सम्म आन्दोलन जारी राख्ने बताएका हुन् । 

सरकारसँग आज (सोमबार) दिउसो २ बजे छलफल हुन लागेको र किसानहरुले उखुको बक्यौता रकम भुक्तानी दिलाईदिने जिम्मेवारी लिन आग्रह गर्ने बताएका छन् । चिनी मिल सञ्चालक र सरकारले पटक पटक झुटो आश्वासन दिएकाले यसपटक सरकारले मिति तोकेर भुक्तानीको जिम्मा लिए आन्दोलनको स्वरुप फेर्न सकिने किसानहरुले बताएका हुन् । 

उखु किसान संघर्ष समितिका । सचिव गोपाल यादवले किसानको खातामा पैसा नआउँदासम्म सरकारको भनाईमा ढुक्क हुन नसक्ने पनि बताउनुभयो । उहाँले सरकारले मिति तोकेर भुक्तानी दिलाईदिने जिम्मेवारी लिए आन्दोलनको स्वरुप परिवर्तन गर्न सकिने बताउनुभयो ।