२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार पहिलो घण्टामा नेप्से परिसूचक बढ्यो



अ+ अ-

काठमाडौं । सोमबार पहिलो घण्टामा नेप्से परिसूचक ९ दशमलव १९ अंकले बढेको छ । १ हजार ९१९ दशमलव शून्य ५ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ४८ प्रतिशतले बढेर १ हजार ९५१ दशमलव १० विन्दुमा पुगेको छ । 

पहिलो घण्टाको अवधिमा १८६ ओटा कम्पनीको रू. २ अर्ब ४२ करोड २७ लाख बराबरको ३७ लाख ६५ हजार ९१ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार २२ हजार ५९६ पटकको व्यापारमा भएको हो । यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।

यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३८ करोड २१ लख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार १३५ मा कारोबार भइरहेको छ ।