९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडलाई स्तब्ध पार्दै एट्लेटिको क्वाटरफाइनलमा, आयाक्सलाई हराउँदै बेन्फिका अन्तिम आठमा



अ+ अ-

एजेन्सी । स्पेनिस क्लब एटलेटिको मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । 

मंगलबार राति युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगमा १-० को जितसहित एट्लेटिकोले क्वाटरफाइनलमा स्थान बनाएको हो । 

पहिलो लेग १९१ को बराबरीमा सकिएको एटलेटिले समग्रमा २-१ को जित निकाल्यो । एटलेटिकोलाई दोस्रो लेगमा जित दिलाउन रेनान लोडीले एकमात्र गोल गरेका थिए । उनले ४१ औं मिनेटमा हेडरमार्फत गोल गरेका थिए । 

पराजित युनाइटेड च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो । 

यस्तै मंगलबार राति नै भएको अर्को खेलमा डच फुटबल क्लब आयाक्सलाई हराउँदै पोर्चुगिज फुटबल क्लब बेन्फिका पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

आयाक्सको मैदानमा भएको दोस्रो लेगमा बेन्फिकाले १-० गोलको जित निकाल्दै समग्रमा ३-२ को नतिजासहित अन्तिम आठमा स्थान बनाएको हो । 

बेन्फिकालाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ७७ औं मिनेटमा डार्विन नुनेजले गरे । 

यता, पराजित आयाक्सको यो सिजनको च्याम्पियन्स लिगको यात्रा अन्तिम १६ बाटै टुंगिएको छ ।