३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक: गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् । नेता थापाले भनेका छन् 'संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पना सहितको प्रावधान छ। प्रधानमन्त्रीज्यूले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।'

नेता थापाले भर्खरै सामाजित सञ्जालमा आफ्नो यस्तो धारणा राखेका हुन् । आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटनको सिफरिस आएपछि नेपाली राजनीतिक वृत्तमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।

नेता तथा सांसद गगन थापाको भनाई:

'संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पना सहितको प्रावधान छ। प्रधानमन्त्रीज्यूले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ। यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे व्याख्या भएपनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।'