३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन्ः संविधानविद्



अ+ अ-

काठमाडौं । संविधानविद्हरुले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको जिकिर गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटनको सिफरिस आएपछि नेपाली राजनीतिक वृत्तमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।

संविधानविद् विपिन अधिकारीले भने संसद विघटनको सिफरिस गर्नु प्रधानमन्त्रीको ‘असंवैधानिक कदम’ हो । प्रधानमन्त्री ओलीले एकल बहुमतको सरकारका बाबजुद संसद विघटनको प्रस्ताव गरेका हुन् । त्यस्तै थप्दै संविधानविद् अधिकारीले भने अहिलेको संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा भंग गर्ने अधिकारी दिएको छैन, । त्यो विशेषाधिकार २०४७ सालको संविधानले दिएको थियो तर अहिलेको संविधानले प्रधानमन्त्रीलाई त्यस्तो विशेषाधिकार दिएको छैन ।’

‘संविधानले नै नदिएको अधिकार प्रयोग गर्न खोजेकै कारण प्रधानमन्त्रीको कदम ‘असंवैधानिक’ भएको उनले दावी समेत गरेका छन् ।