२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा आइसब्रेकको सम्भावना, प्रचण्ड भेट्न ओली खुमलटार जादै !



अ+ अ-

काठमाडौं । विगत केही समयदेखि आन्तरिक कलहमा फसेको नेपाल कम्युनिष्ट पार्टीमा आइसब्रेकको सम्भावना बढेको बुझिएको छ । अहिलेको आन्तरिक विवादलाई तत्कालका लागि पूर्ण विराम दिनेगरी नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच गएराति केही सहमति भएको बुझिएको छ । 

हिजो राति भएको सो सहमतिबमोजिम नै आज प्रचण्डलाई भेट्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली प्रचण्ड निवास खुमलटार जादै छन् । अहिले केही बेरमा  उनी खुमलटार जान लागेका हुन् । बालुवाटर स्रोतले ओलीको खुमलटार जाने कार्यक्रमलाई गोप्य राखेको भएपनि आज बिहानदेखि भने त्यसको तयारी भएको थियो । 

आज नै उनीहरु दुई जनाकाबीचमा पार्टीमा देखिएको विवादका बारेमा सहमति हुने भएको हो । दुई दिनअघि ओलीले एकतर्फी रुपमा अध्यादेश ल्याएपछि विभाजनको डिलमा पुगेको नेकपालाई बचाउन भएका प्रयासस्वरुप पार्टी सहमतिको यो चरणसम्म पुगेको बताइन्छ । 

हिजोमात्र दाहाल नेपाल पक्षले पार्टी जनगबर्गीय संगठनहरुको कार्यालय पेरिस डाँडामै आफू पक्षीय नेता कार्यकर्ताहरुको भेला गरेपछि आत्तिएका ओली अन्ततः सहमतिको लागि तयार भएको खुमलटार स्रोतले जनाएको छ । 

तर यस यिवषयमा पार्टीका वरिष्ठ नेता माधव नेपालको भने कुनै प्रतिक्रिया आएको छैन । सो भेटमा माधव नेपाल भने सहभागी नहुने स्रोतले बताएको छ ।