२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा चन्द्रमाबाट चट्टान लिएर अन्तरिक्ष यान पृथ्वीमा सकुशल अवतरण ! हेरौं तस्बिरहरु (फोटोफिचर)



अ+ अ-

बेइजिङ । चीनले अन्तरिक्ष विज्ञानमा अर्को एउटा महत्वपूर्ण एवं ऐतिहासिक सफलता प्राप्त गरेको छ । चिनियाँ वैज्ञानिकहरुले बनाएको चाङ–ए ५ नामको अन्तरिक्ष यानले चन्द्रमाबाट चट्टानका नमूना लिएर पृथ्वीमा सफलतापूर्वक अवतरण गरेको छ । बेइजिङ समय अनुसार बिहीबार बिहान १ बजेर ५९ मिनेटको समयमा उक्त यान उत्तरी चीनको इनर मंगोलिया स्वायत्त क्षेत्रको सिजिवाङ बानर भन्ने स्थानमा अवतरण गरेको थियो ।

चन्द्रमाबाट चट्टानको नमूना पृथ्वीमा ल्याइएको यो ४० वर्षपछि पहिलो पटक हो । यसअघि सन् १९८० ताका अन्तिम पटक चन्द्रमाबाट चट्टानका नमूना पृथ्वीमा ल्याइएको थियो ।
चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले यो कार्यले चन्द्रमाको खोज एवं सफलतापूर्वक चट्टान पृथ्वीमा ल्याउने एउटा महत्वपूर्ण अभियान सम्पन्न भएको जनाएको छ । यो अभियान सन् २००४ देखि शुरु भएको थियो ।

चाङ–ए ५ अभियान चीनको अन्तरिक्ष इतिहासमा एउटा सर्वाधिक जटिल एवं चुनौतीपूर्ण अन्तरिक्ष अभियान रहेको थियो ।

(फोटोफिचर)