२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

साधारण सभाबाट सम्पन्न भयो २० वाणिज्य बैंकको लाभांश घोषणा, अब ७ वटा वाणिज्य बैंक मात्र बाँकी



अ+ अ-

काठमाडौँ । देशका २७ मध्ये २० वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । ती मध्ये ६ वटाको भने साधारण सभाले समेत पारित गरेर लगानीकर्ताको खातामा बाेनस आउने चरणमा छ। सानिमा बैंकले सबै भन्दा पहिले साधारण सभा गरेर लाभांश पारित गरेको छ । सानिमाले लगानीकर्तालाई १३.६० प्रतिशत लाभांश वितरण गर्नेछ । बोनस शेयर १० प्रतिशत र नगद लाभांश ३.६० प्रतिशत रहेको छ ।

त्यसैगरी, बैंक अफ काठमाण्डूले पनि साधारण सभा गरेर लाभांश पास गरिसकेको छ । यो बैंकले आफ्ना लगानीकर्ताहरुलाई १३ प्रतिशत लाभांश दिनेछ जसमा १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश रहेको छ । 

सिटिजन्स बैंकले पनि ३ प्रतिशत नगद र ८ प्रतिशत बोनस गरी ११ प्रतिशत लाभांश साधारण सभाबाट पारित गरिसकेको छ ।  एनआईसी एशिया बैंकले साधारण सभा गरी लाभांश पारित गरिसकेको छ । यस बैंकले शेयरधनीहरुलाई २० प्रतिशत लाभांस दिने भएको छ । त्यसमा १ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनस शेयर रहेको छ।  कुमारी बैंकले पनि ३.१५ प्रतिशत नगद र १०.८५ प्रतिशत बोनस शेयर गरी १४ प्रतिशत लाभांश साधारण सभाबाट पारित गरिसकेको छ  । बिहिबार मात्रै माछापुच्छ्रे बैंकले एजीएमबाट ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस शेयर गरी १०.४० प्रतिशत लाभांश पारित गरेको छ । 

हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमध्ये सबै भन्दा धेरै एनआइसी एशिया बैंक र हिमालयन बैंक रहेका छन् । यी दुबै बैंकहरुले लगानीकर्ताहरुलाई २०.२० प्रतिशत लाभांश घोषणा गरेका छन् । एनआइसी एसियाले १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश (कर प्रयोजन) का साधारण सभाबाट पारित गरिसकेको हो भने हिमालयन बैंकले भने १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने भएको छ । यसैक्रममा ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमध्ये १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश छ । स्ट्याण्डर्ड चाटर्डले ११.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ७ प्रतिशत बोनस सेयर र ४.८४ प्रतिशत नगद लाभांश छ । 

सनराइज बैंकले ८.२८ प्रतिशत लाभांश दिँदैछ । त्यसमध्ये ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद लाभांश छ । नेपाल एसबिआई बैंकले ९.४७ प्रतिशत लाभांश दिने भनेको छ । जसमा ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद छ । यसैगरी प्रभु बैंकले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ०.५२ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर छ । सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने भएको छ । जसमा ३ प्रतिशत नगद र १२ प्रतिशत बोनस शेयर छ ।

एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सोमध्ये ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश छ । नेपाल बंगलादेश बैंकले ८.४२ प्रतिशत लाभांश दिने भनेको छ । त्यसमा ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांश रहेको छ । यसैगरी मेगा बैंकले बिहिबार मात्रै १३.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा ३.०५ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर छ । नेपाल बैंकले नगद ४ प्रतिशत र बोनस १६ प्रतिशत गरी १६ प्रतिशत लाभांश दिने भएको छ । 

लक्ष्मी बैंकले ११.५ प्रतिशत बोनस दिने भएको छ । जसमा नगद २.५ र बोनस सेयर ९ प्रतिशत छ ।  सेञ्चुरी कमर्सियल बैंकले २.२५ नगद र ५.२५ प्रतिशत बोनस शेयर गरी जम्मा ७.५० प्रतिशत लाभांश दिने भएको छ । यता कृषि विकास बैंक ०.७८ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर गरी १५.७८ प्रतिशत लाभांश दिने भएको छ । नेपालको पुँजी बजारमा सबै भन्दा ठूलो हिस्सा ओगटेका वाणिज्य बैंकहरुको लाभांशले बजार बढाउन भूमिका खेलेको बताउने गरिएको छ । तर कोरोना कहरका कारण अधिकांश बैंकहरुको नाफा उल्लेख्य मात्रामा वृद्धि नभएकाले लाभांशमा भने कमि आएको देखिन्छ । 

२७ वाणिज्य बैंक मध्ये अब ७ बटा वाणिज्य बैंकले मात्र लाभांश घोषणा गर्न बाँकी छ । नबिल बैंक, सिभिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनसीबी बैंक, एनएमबि बैंक र प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गर्न बाँकी  छ ।