३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा कोरोनाबाट एकै दिनमा ३ हजार ७०० को मृत्यु



अ+ अ-

अमेरिका । अमेरिकामा  बुधबार एकै दिनमा कोरोना भाइरस संक्रमणको कारण ३ हजार ७०० व्यक्तिको मृत्यु भएको छ । गत २४ घण्टामा यहाँ २ लाख ५० भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका जोन्स हप्किङ विश्वविद्यालयले जानकारी दिएको छ ।
 
अमेरिकामा कोरोना भाइरस संक्रमणको कारण एक महिनायता १ लाख १३ हजार भन्दा बढी व्यक्ति उपचारकोलागि अस्पताल भर्ना भएका  छन्। गत वर्षको डिसेम्बेर महिनाबाट चीन हुबे प्रान्त वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अन्त्यन्त प्रभावित भएको छ ।

यस संक्रमणको कारण अमेरिकामा ३ लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको छ  भने १ करोड ७३ लाख ९४ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । कोरोना संक्रमणको कारण  विश्वभरीमा ७ करोड ४५ लाख ९८ हजार व्यक्ति संक्रमित भएका छन् भने १६ लाख ५६ हजार ५५४ जनाको संक्रमणको कारण मृत्यु भएको छ ।