३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम तथा उपभोक्ता हित समितिका सांसदहरुको उखु किसानको समस्या दिर्घकालमा नआउने गरी समाधान गर्न माग



अ+ अ-

काठमाडौं । उखु किसानको पैसा नदिने उद्योगीहरुलाई कडा कारबाही गरी पैसा असुल गर्नुपर्ने  सांसदहरुले बताएका छन् । संघीय संसदको प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै सांसदहरुले उद्योगीलाई कारबाही गरी उखु किसानको बक्यौता रकम तिराउनुपर्ने बताएका हुन् । 

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रकाश रसाईलीले उखु उद्योगबाट आम्दानी गरेको रकम अन्य व्यवसायमा लगानी गर्ने तर किसानलाई पैसा नदिने उद्योगीलाई ब्याज सहितको रकम तिराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘राज्यलाई विभिन्न बाहाना गरेर पैसा नतिर्ने र त्यो पैसाले अरु व्यवसाय गर्ने भएकाले उद्योगीले पैसा नतिरेका हुन् । उखु किसानलाई ब्याज तिर्नुपर्छ । किसानले घर जग्गादेखि बिउ बिजनसम्म ब्याजमा लिएर किनिरहेका छन् । उखु किसान चाहिँ माइतिघरमा आएर रोइरहनुपर्ने ? उद्योगीले किसानलाई ब्याज तिर्नुपर्छ ।’ बैठकमा कांग्रेस सांसद भिमसेनदास प्रधानले उद्योगीको सम्पतिबाट भएपनि किसानलाई भुक्तानी दिलाउनुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टी, नेपालकी सांसद अमृतादेवी अग्रहरीले एक वर्ष पहिला पनि उखु किसानको आन्दोलन भएको स्मरण गर्दै त्यतिबेला सरकारलाई निर्देशन दिएको भएपनि सरकारले मौनता साँधेको आरोप लगाउनुभयो । राज्यले उखु किसानको समस्या र चिनी मिललाई प्राथमिकताका साथ हेर्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘उखु किसानलाई राज्यले संरक्षण दिएन भने चिनी मिल बचाउन सकिँदैन । पहिलो प्राथमिकता उखु किसानलाई दिनुपर्छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार श्रेष्ठले उखु किसानमाथि अत्याचार भएको भन्दै उद्योगीहरुलाई केही घण्टा समय दिएर पक्राउ गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘गोदाममा चिनी छैन रे, चिनी त बेचिसकियो होला त्यो पैसा खोई ? अत्याचार भयो किसानलाई, अब दिनको कुरो होईन, घण्टा भित्रमा पक्राउ गर्नुप¥यो । साँवा सम्म दिलाउँ । आकाश पत्ताल खोजेर यतिजना समातियो भन्नु पर्यो ।’ सांसदहरुले उखु किसानको समस्या दिर्घकालमा नआउने गरी समाधान गर्न समेत माग गरेका छन् । उनीहरुले अहिलेको समस्या तत्काल समाधान गरी किसानलाई घर फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।