२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता टाइगर श्राफको देखियो यस्तो रोमान्चक स्टन्ट



अ+ अ-

काठमाडौँ । बलिउड अभिनेता टाइगर श्राफ फिल्म गणपतको शूटिङको तयारी गरिरहेका छन् । विकास बहलले निर्देशन गरेको यस फिल्ममा उनी एक बक्सरको भूमिका निभाउदैछन् । फिल्मलाई बासु भागनानी, विकास बहल, दीपशिखा देशमुख र ज्याकी भागनानीले निर्माण गर्दैछन् । 

यस फिल्मलाई सन् २०२२ मा रिलिज गर्ने तयारी गरिएको छ । यसैबीच हालै टाइगरले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेका छन् । पछिल्लो समय नयाँ फिल्महरुमा व्यस्त छन् । उनी फिल्म बागी ४, हिरोपन्ती २ र गणपतमा देखिदैछन् ।  फिल्म हिरोपन्तीबाट बलिउडमा चर्चामा आएका टाइगरलाई एकपछि अर्को फिल्मको अफर आइरहेको छ । 

भिडियोमा टाइगरले एक रोमान्चक स्टन्ट देखाएका छन् । उनले १० फीट माथि उफ्रेर हाई ब्याक फ्लिप किक हानेका छन् । उनले गरेको यो स्टन्टको धेरैले तारिफ गरेका छन् । भिडियोको टाइगरकी आमा आयेशा श्राफ र दिशाले पनि  प्रशंसा गरेकी छन् । उक्त भिडियो दर्शकले धेरै नै रुचाएका छन् ।