२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारीको विषादी हटाउन यी कुराहरुमा ध्यान दिनुहोस्, भिनेगरका फाइदाँहरु



अ+ अ-

काठमाडौं ।  सागसब्जी रोप्ने, उमार्ने, भण्डारण गर्ने क्रममा रासयनिक मल, किरा मार्न किटनासक औषधि प्रयोग गरिएको हुन्छ । हामीले केही खानेकुरालाई भान्सामा नै शुद्धिकरण गर्न सकिन्छ । भलै यो विधीबाट पूर्णत जैविक खानेकुरा प्राप्त गर्न नसकिए पनि विषाक्त तत्व हटाउन सकिन्छ ।

१) बजारबाट खरिद गरेर ल्याएपछि फलफूल तथा सागसब्जीलाई एउटै भाडोमा राखेर पर्याप्त मात्रामा पानी हाल्नु पर्छ । अब यसमा भिनेगर हालेर करीब १५ मिनेट छोड्नु पर्छ ।

२) भाडोबाट फलफूल तथा सागसब्जी हटाएर राम्ररी धुनु पर्छ । यो विधि अपनाएमा फलफूल तथा सागसब्जीबाट ९८ प्रतिशतसम्म किटनाशक औषधिलाई हटाउन सकिन्छ । त्यसैले, फलफूल तथा सागसब्जीमा प्रयोग गरिएको किटानशक औषधी हटाउने यो सरल उपाय मानिन्छ ।

३) राम्ररी खाएमा हाम्रो शरीरलाई आवश्यक तत्व प्राप्त हुन्छ । त्यसैले फलफूल तथा सागसब्जीको सेवन गर्छौ । जबकी यस्ता खानेकुरामा अत्याधिक मात्रामा किटनासक विषादीको प्रयोग गरिएको हुन्छ । यस्ता किटनाशक विषादी विशेषगरी बाटबिरुवामा लागेको किरा मार्न प्रयोग हुने गर्दछ ।

४) किटानशक औषधी साधारण पानीले धोएर जाँदैन । त्यसैले, अत्याधिक मात्रामा किटानशक औषधी प्रयोग गरिएको फलको सेवनले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । अहिले मिर्गौलाको समस्यादेखि क्यान्सरसम्म जटिलता यस्तै खानपानले निम्त्याएको हो ।

५) किटानशक विषादीका सेवनले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउन सक्छ । विभिन्न अध्ययनले जनाए अनुसार आहारमा किटनाशकको अत्याधिक प्रयोगले क्यान्सर, मिर्गौला तथा फोक्सो सम्बन्धि समस्या निम्तने गर्छ । बच्चामा विभिन्न किसिमका संक्रमण निम्त्याउने गर्छ । यसको सम्पर्कमा रहनाले बाल्यकालमै क्यान्सर, अटिज्म, एकाग्रता नहुने, सक्रियताको कमी जस्ता समस्या हुने गर्छ ।

६) गर्भवतीले किटनाशक युक्त फलफूल खाएमा यसले भ्रुणलाई समेत प्रभावित पार्छ । जसका कारण जन्मसम्बन्धि जटिलता हुन सक्छ । त्यसबाहेक, यसको सेवनले वाकवाकी लाग्ने,पखाला लाग्ने, पेट बौडिने, चक्कर आउने, तनाव, फूड प्वाइजनिङ्ग हुनसक्छ ।




भर्खरै