३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

“बलात्कृत गर्ने बाबुबाट” नागरिकता



अ+ अ-

हाम्रो जानकारीमा पछिल्लो दुइ वर्षमा ५ जना बालिका र किशोरीहरू बाबुबाट बलत्कृत भएर उद्धार गृहमा आएका छन् । बाबुहरू कोही ४ वर्ष, कोही ८ वर्षको लागि जेल परेका छन् । छोरीलाई बतात्कृत गर्ने बाबु ४ वर्षको लागि मात्र जेल पर्छ । “तर जेलमा बस्दा” उसको “ब्यवहार राम्रो भएपछि” कानुनले त्यो भन्दा अघि पनि छोडिदिन सक्छ । एक कानुनविदले मलाई बताएका थिए ।

त्यस्तो जघन्य अपराधमा ४ वा ८ वर्ष कैद हुनुको अर्थ हाम्रो कानुनको कमजोरी देखाउँछन् । त्यसमाथि पनि विडम्बना त १४ वर्षमा बाबुबाट बलात्कृत भएकी छोरीले १६–१७ वर्षमा नागरिकता लिनु प¥यो भने नेपालको कानुनले ‘बाबुको नागरिकता लिएर आउ’ भन्छ । अनि जेलमा बसेको बाबुलाई उनैबाट बतत्कृत छोरीले “बा, तिमीले मलाई बलात्कृत ग¥र्यौ, तर अब नागरिकता पनि देउन है” भन्नु पर्छ । अनि ‘बाबुले’ आफैले ‘बलात्कार गरेकी छोरीलाई ‘दया’ देखाएर नागरिकता दियो भने त ठिकै छ, नदिए त ‘छोरीको जिन्दगी’ मा दोहोरो दुःख हुन्छ । बाबुबाट ‘बलात्कार’ र “नागरिकता विहीन ‘जिन्दगी ।”

नेपालको संविधानले त आमाको नामबाट नगरिकता दिने भनेर ‘घोषणा’ गरे पनि, ब्यवहारमा त्यस्तो छैन भने कानुनविद, न्यायधिस सरकारी कर्मचारी, सबैलाई थाहा छ । कल्पना गरि हेरौं त हामी ? ‘बलात्कार गर्ने बाबुको नामको नागरिकता लिएर जीवन भर बाँच्नु पर्ने विवशता !

हाम्रो देशको यो कानुनलाई बदल्न के गर्ने होला ? फेरी नेपालको कानुनले बलात्कारीलाई त प्राय ! ‘दोषी’ होइन भनेर छुट दिने पनि धेरै घटना छन् । त्यो बेलामा न्यायधिशले ‘बलात्कार’ गर्ने बाबु ‘निर्दोष’ साबित गरेर बाबु घरमै आएर बस्यो भने फेरी बालिका बारम्बार बलात्कृत नहोलिन र ?

अनि त्यही बाबुले “छोरीलाई विवाह गरेर, कन्यादान गरेर” ज्वाँइलाई मनमनै भन्ला” “यसलाई मैले भोग गरिसके, ज्वाँइ नारान । अब तिमी भोग गर । यो मैले दान दिएकोले, जे मन लाग्छ गर । मार, काट, जलाउ, पिट, इनारमा हाल, तिम्रो इच्छा । ‘मारेपाप, पाले पुण्य’”

यो पढिरहँदा कतिलाई कस्तो नचाहिने कुरा गरेको होला जस्तो लाग्छ । तर भोग्ने, र देख्नेलाई थाहा हुन्छ, रक्षा गर्नु पर्ने बाबुले बलात्कार गरेपछि बालिकाको पिडा ।