२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसायन अभावपछि आयोजना बन्द : किसानको दूध गयो खेर



अ+ अ-

इलाम । इलामका किसानले उत्पादन गरेको दूध बिक्न छोडेपछि किसान चिन्तित भएका छन् । विराटनगरस्थित दुग्ध वितरण आयोजनामा केमिकल सकिएको भन्दै दूध बन्द गरेपछि किसान चिन्तित भएका हुन् ।

आयोजनाको पाउडर प्लान्ट बन्द भएपछि इलामबाट दूध निकासी बन्द भएको छ । गत मङ्सिर २५ गतेबाट दूध बिक्री बन्द भएपछि इलामका किसानले उत्पादन गरेको दूध खेर जाने स्थितिमा पुगेको छ । कतिपय किसानले निजी डेरीमा दूध बेच्न थालेका छन् भने कतिपयले दूध घरमै बिग्रिएको बताउन थालेका छन् । 

विभिन्न दुग्घ उत्पादक सहकारीमार्फत सङ्कलन भएको दूध चिस्यान केन्द्र हुँदै विराटनगर दुग्घ वितरण आयोजनामा पुग्ने गरेको थियो । आयोजनाको पाउडर प्लान्टमा चाहिने रसायन नभएपछि गत मङ्सिर २५ गतेदेखि इलामबाट विराटनगर दूध निकासी बन्द भएको हो । दूध बिक्री बन्द हुँदा इलामका किसान मारमा परेका छन् ।   

दूध किसान धातृप्रसाद निरौलाले दैनिकी आम्दानीका रुपमा बिक्री हुँदै आएको दूध बिक्न छोडेपछि समस्या आएको बताउनुभयो । उहाँले यस्तो समस्या तत्काल नहटे आफूहरुले उत्पादन गरेको दूध खेर जाने बताउनुभयो । पाउडर प्लान्टमा चाहिने रसायन भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताइएको छ । विराटनगर दुग्घ वितरण आयोजनाले भारतबाट ल्याउँदै गरेको रसायन ल्याउन नसक्दा यहाँका किसानले दूध बेच्न नपाएका हुन् ।

रसायन आउनासाथ सम्पूर्ण सङ्कलन केन्द्रबाट दूध लिन शुरु गरिने आयोजनाले जानकारी दिएको छ । आयोजनाले दूध पाउडर उत्पादनका साथै दैनिक उपभोक्तालाई दूध बिक्रीसमेत गर्दै आएको चिस्यान केन्द्र इलामका प्रमुख नन्दकुमार कोइरालाले बताउनुभयो । 

इलामका विभिन्न दुग्घ उत्पादक सहकारीमार्फत सङ्कलन भई दैनिक १६ हजार लिटर दूध विराटनगर निकासी हुने गरेको छ । इलाम बाहेक पाँचथर, झापा, सुनसरी, धनकुटा जिल्लाबाट समेत दूध सङ्कलन हुने गरेकामा हाल दूध सङ्कलन बन्द भएको छ । तत्काल रसायन ल्याएर समस्या समाधानमा लाग्नुपर्ने किसानको माग छ । किसानले दैनिक उत्पादन गर्ने वस्तु बिक्री गर्न नपाउँदा समस्या आएको भन्दै स्थानीय र प्रदेश सरकारले पहल गरेर भए पनि समस्या समाधान गर्न माग गरेका छन् ।