३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिस ओलम्पिक: नेपालका स्यान्टु प्रारम्भिक चरणमै पराजित



अ+ अ-

पेरिस ‌: पेरिस ‌ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको प्रतिस्पर्धामा नेपालका स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन्।

स्यान्टु आज भएको प्रारम्भिक चरणको खेलमा सेनेगलका इब्राहिमा डिआसँग ४(० को सेटमा पराजित भए। उनी १२(१०, ११(३, ११(४ र ११(५ ले पराजित भए। पुरुष एकलको प्रतिस्पर्धामा ६७ खेलाडी रहेकामा स्यान्टु अन्तिम वरीयतमा रहेका थिए।

६४ वरीयताभन्दा माथिका खेलाडीले प्रारम्भिक चरण खेल्नु पर्ने नियमअनुसार उनले पहिलो खेल ५१औं वरीयताका खेलाडीसँग खेलेका हुन्।

छनोट चरण पार पारेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बन्दै इतिहास रचेका श्यान्टुको ओलम्पिक यात्रा भने पहिलो खेलबाटै समाप्त भएको छ ।श्यान्टु ओलम्पिक खेल्ने पहिलो नेपाली टेबलटेनिस खेलाडी समेत हुन् ।

 

तस्बिर: लोकेन्द्रकुमार बस्नेतप