काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सयले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ६५० निर्धारण गरिएको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ ।







