३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा बस दुर्घटनाः ११ घाइते, ५ जनाको अवस्था गम्भिर



अ+ अ-

गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिका–३ तान्द्राङमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परि ११ जना घाईते भएका छन् । तिमध्ये ५ जनाको अवस्था भने गम्भिर रहेको छ । गम्भिर अवस्थामा धार्चे गाउँपालिका–६ का सुरमान घले, कान्छी तामाङ, भीमसेन थापा गाउँपालिका–३ का उत्तम पुडासैनी, मनोज पुडासैनी र उज्वल पुडासैनी रहेका छन् ।

काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ख ९४४६ नम्बरको बस बुधवार बिहान साढे ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए । बसमा सवार ३० यात्रुमध्ये १९ जना घर फर्किसकेका छन् । 

गम्भिर घाइते भएका ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको एसपी गुरुङले बताए । ६ जना घाईतेको आरुघाट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।