२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति पार्क व्यवस्थापनमा आवश्यक सहयोग हुनेछ : मन्त्री शाही



राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक विस्तारित बोर्ड, केन्द्रीय सामुदायिक वन पर्यापर्यटन प्रवर्द्वन तथा उद्यान व्यवस्थापन समितिले शनिबार गोकर्णश्वर ४स्थित जगडोलमा आयोजना गरेको सन्दर्भ सामाग्री सङ्ग्रहीत पुस्तक विमोचन तथा प्रमाणपत्र वितरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी । तस्बिर : हरिराम भेटुवाल / रासस
अ+ अ-

काठमाडौ‌ँ वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय सहिद तथा शान्ति पार्क व्यवस्थापन तथा संरचना निर्माणमा आवश्यक सहयोग गर्ने बताएका छन्।

राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक विस्तारित बोर्ड, केन्द्रीय सामुदायिक वन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिले आज गोकर्णश्वर–४ स्थित जगडोलमा आयोजना गरेको ‘सन्दर्भ सामग्री’ सङ्ग्रहित पुस्तक विमोचन तथा प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री शाहीले सरकारका तर्फबाट पार्कमा आवश्यक पर्ने सहयोग गरिने प्रतिबद्धता जनाए। 

मन्त्री शाहीले पार्कलाई थप व्यवस्थित र सुन्दर बनाउनुपर्नेमा जोड दिँदै आफूले व्यक्तिगत तथा मन्त्रालयका तर्फबाट गर्न सकिने सबै किसिमका सहयोग गर्ने बताए। 

उनले भने, ‘पार्कलाई सुन्दर बनाउँदै पर्यापर्यटन प्रवर्द्धन गर्न योजना बनाएर कार्यान्वयन गर्दै जानुपर्छ । यसका लागि आवश्यक सहयोग गर्न सधैँ सकारात्मक छौँ ।’