२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा बोइङ ७३७ दुर्घटना



अ+ अ-

एजेन्सी

बेइजिङ । चीनको दक्षिणी क्षेत्रबाट ठूलो विमान दुर्घटनाको खबर प्राप्त भएको छ । चाइना इस्टर्नको १३३ यात्रु बोकेको विमान बोकेको दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ ।

अहिलेसम्म दुर्घटनाको कारण र मृत्यु हुनेको सङ्ख्या थाहा हुन सकेको छैन । ब्ल्याक बक्स फेला परेपछि दुर्घटनाको कारण खुल्न सक्छ ।

चिनियाँ मिडिया सीसीटीभीले सोमबार यस दुर्घटनाको जानकारी दिएको छ। रिपोर्टअनुसार फ्लाइट एमयू ५७३५ बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ सहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त हुँदा पहाडको टुप्पोमा आगो लागेको थियो ।

उद्धार टोली घटनास्थलमा पठाइएको छ । विमान कुनमिङबाट ग्वानझाउ जाँदै थियो।

स्थानीय सञ्चारमाध्यमले विमानस्थलका कर्मचारीलाई उद्धृत गर्दै चाइना इस्टर्न फ्लाइट एमयू ५७३५ सोमबार दिउँसो १ बजेपछि कुनमिङ शहरबाट उडेको गुआन्झाउमा आफ्नो निर्धारित गन्तव्यमा नपुगेको बताएको छ ।

समाचारअनुसार यात्रुवाहक विमान दुर्घटना भएको ठाउँमा ठूलो आगलागी भएको थियो, जसका कारण मृत्यु हुनेको सङ्ख्या धेरै हुन सक्ने अनुमान गरिएको छ ।