२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौद्रिक नीतिको प्रभाव पुँजीबजारमा, नेप्से परिसूचक एक सय १३ अङ्कले बढ्यो



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१र८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सय १३ दशमलव ४२ अङ्क अर्थात् चार दशमलव ४१ प्रतिशतले बढेर दुई हजार छ सय ८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ ।

आज तीन सय १८ कम्पनीको चार करोड तीन लाख १४ हजार पाँच सय एक सय ७६ कित्ता शेयर एक लाख ६३ हजार आठ सय १० पटक खरिदबिक्री हुँदा रु १५ अर्ब ८१ करोड पाँच लाख ९६ हजार दुई सय ३५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा लघुवित्त समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैङ्किङ समूह नौ दशमलव ८९ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी समूह पाँच दशमलव ७५ र विकास बैङ्क समूह चार दशमलव ८७ प्रतिशतले बढेको छ ।

आज एक दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा अधिकांश वाणिज्य बैङ्क छन् । नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्क, नेपाल एसबिआई बैङ्क लिमिटेड, सानिमा बैङ्क लिमिटेड, एनएमबी बैङ्क लिमिटेड, प्रभु बैङ्क लिमिटेड, ग्लोबल आइएमई बैङ्क लिमिटेड, सिटिजन्स बैङ्क इन्टरनेसनल बैङ्क लिमिटेड, प्राइम कमर्सियल बैङ्क लिमिटेड, कृषि विकास बैङ्क लिमिटेड, एभरेस्ट बैङ्क लिमिटेड र नेपाल बैङ्क लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

उपकार लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैङ्क लिमिटेडको रु ३६ करोड १० लाख बराबरको १७ लाख छ हजार पाँच सय ८२ कित्ता शेयर किनबेच भएको छ ।

आज नेप्से परिसूचकमा दुईपटक सकारात्मक सर्किट लागेको छ । आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेन्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यस्तै, दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत विन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको हो ।