२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको कमजोरी भेटिए खरो ढंगले अभिव्यक्ति दिइन्छ: विश्वप्रकाश शर्मा



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र कम भएर प्रधानमन्त्री, मन्त्रीहरुबारे पनि संसद र बाहिर पनि खरो अभिव्यक्ति दिने बताउनुभएको हो ।

महामन्त्री शर्माले कुरा कम र काम बढी गर्न पनि सरकारलाई सुझाव दिनुभयो । एक्काईसौ शताब्दीको कामको प्रचार स्वयं काम आफैँले गर्ने भएकाले सरकारले त्यसैमा केन्द्रित भएर अघि बढ्नुपर्ने उहाँको भनाई थियो । महामन्त्री शर्माले लामो संघर्षबाट आएका काँग्रेस–एमालेले नेतृत्वको सरकारले देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्नेगरी काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । वर्तमान सरकारले आफूलाई गतिशील ढंगले, जिम्मेवार ढंगले, एकतावद्ध ढंगले, पारदर्शी ढंगले, दृढ ढंगले शहीदको शपथ खाएर कार्य गर्न सक्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसमा आफूहरुले बलियो साथ दिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारमा गएर कुरा बढी भयो वा काम बढी भयो रु एक्काईसौँ शताब्दीको कामको प्रचार स्वयं काम आफैँले गर्छ । म सम्माननीय प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बनेको यो सरकारलाई सफलताको शुभकामना दिन चाहन्छु । दुईटा दलले मिलेर बडा जिम्मेवार भएर आपसका विमतिहरुलाई आफ्नै ढंगको छलफल र विमर्शबाट स्वीकारेर, यसलाई सुरक्षित गरेर हामीले अगाडि जाँदैगर्दा हामीले सम्बोधन गर्न सक्नुछ–आम नेपाली नागरिकमा जे जति प्रश्न उब्जिएका छन् । ती प्रश्नहरुलाई हल गर्ने सामथ्र्य राख्नुछ । लामो संघर्षबाट आएका दलहरुले त्यो सामथ्र्यलाई पूरा गरेर देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्न सक्नेछन् । नेपालमा रहेका सबै नेपालीसहित संसारमा पल्लो कुरामा रहेका प्रत्येक नेपालीलाई पनि नेपाल निर्माणको एउटा नविन सम्भावनातर्फ अघि बढदैछ भन्ने नविन आशा भर्न सक्नेछन् । त्यो दिशामा काम गर्नका लागि वर्तमान सरकारले आफूलाई गतिशील ढंगले, जिम्मेवार ढंगले, एकतावद्ध ढंगले, पारदर्शी ढंगले, दृढ ढंगले शहीदको शपथ खाएर कार्य गर्न सक्नेछ भनेर म कामना गर्न चाहन्छु । त्यही शुभकामना सरकारलाई राख्दै राम्रो काममा सरकारलाई निरन्तर साथ रहने, कमजोरी हुँदैगर्दा प्रधानमन्त्रीजीको बारेमा पनि, मन्त्रीहरुको बारेमा पनि सार्वजनिक रुपमा पनि, संसदमा पनि खरो ढंगले उभिने अभिव्यक्ति राख्न चाहन्छु ।’

महामन्त्री शर्माले सुशासनको पक्षमा सरकारले आफँै भित्र कमी भएपनि खोजी गर्नसक्ने सामथ्र्य राख्नुपर्ने बताउनु भयो ।