३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार कांग्रेसले बोलायो पदाधिकारी बैठक, अध्यादेशबारे छलफल गर्ने



अ+ अ-

काठमाडौँ । प्रमुख पतिपक्ष दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेसले बुधबार एक बजे बुढानिलकष्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी बोलाइएको हो । 

सरकार र प्रधानमन्त्रीको इच्छाअनुसार राष्ट्रपति चलेको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यसको विरोध गरिने बताए ।

'अध्यादेश, सरकारको सर्वसत्तावादी रवैया र राष्ट्रपतिको भूमिकाको विषयमा समेत छलफल गरेर पार्टीभित्र साझा धारणा बनाउन पदाधिकारीको बैठक गर्न लागिएको हो,' नेता पौडेलले भने ।