२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद स्थलमा भागदौडपछि कंगोमा ९ जनाको मृत्यु, सबै खेल स्थगित



अ+ अ-

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोको राजधानी किन्शासामा खेलकुद स्थलहरूमा अर्को सूचना नभएसम्मका लागि सबै गैर–खेल गतिविधिहरू स्थगन गरिएको छ ।

मुख्य खेलकुद केन्द्र, स्टेड डेस मार्टर्समा एक कन्सर्टमा कम्तिमा नौ जनाको मृत्यु भएको एक दिनपछि आन्तरिक उपप्रधानमन्त्री ज्याकमेन शबानीले सबै खेलहरु स्थगित गरेको बताउनुभएको हो ।

भागदौडबाट ९ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको बताउनु भयो । घाइतेको उपचार भइरहेको उहाँको भनाइ छ । शनिवार किन्शासाको स्टेड डे मार्टर्समा संगीतकार माइक कालाम्बाईको कन्सर्टको क्रममा भागदौड भएको थियो । जहाँ एक गर्भवती महिला र बच्चाहरूसहित कम्तिमा नौ जनाको मृत्यु भएको थियो ।

८० हजार सिटको क्षमता भएको देशको सबैभन्दा ठूलो मानिने स्टेडियममा कन्सर्ट, सांस्कृतिक कार्यक्रमहरू र राजनीतिक बैठकहरू हुने गर्दछन् । अक्टोबर २०२२ मा कङ्गोली संगीतकार फली इपुपाको कन्सर्टको क्रममा स्टेड डे मार्टर्समा पनि भागदौडमा दुई प्रहरी अधिकारीहरूसहित ११ जनाको मृत्यु भएको थियो ।