२३ असार २०८३, मंगलवार
,
Latest
जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेल्वे प्रभावित समन्वय तथा मुआब्जा समिति गठन



अ+ अ-

झापा । प्रदेश नं १ स्तरीय ‘रेल्वे प्रभावित समन्वय तथा मुआब्जा समिति’ गठन गरिएको छ । पालिकाहरुले चलनचल्तीको जग्गाको मूल्य रेल विभागलाई पठाउन ढिलासुस्ती गरेपछि प्रदेशभित्रका रेल्वे प्रभावितहरुले खबरदारी गर्न समिति गठन गरेका हुन् । रेल विभागले पत्रचार गरी स्थानीयपालिका र वडा कार्यालयलाई चलनचल्तीको जग्गाको मूल्य पठाउन एक महिनाअघि आग्रह गरेको थियो । पालिकाले हालसम्म विभागलाई मूल्य नपठाएको जनाउँदै मोरङको लक्ष्मीमार्गमा सोमबार आयोजित भेलाले झापा विर्तामोडका डा. लक्ष्मीप्रसाद मैनालीको अध्यक्षतामा समिति गठन गरिएको थियो । 

नवगठित समितिको सहसंयोजकमा रमेश दाहाल (मोरङ) र सुशील शाह (सुनसरी), महासचिव रञ्जित प्रसाईं (झापा), सचिव माधवप्रसाद कोइराला (मोरङ) र सहसचिवमा कृष्णदेव मेहेता (सुनसरी) सहित ७५ सदस्यीय रहेका छन् । समितिले मङ्सिरको पहिलो सातादेखि नै अघि बढाइने भनेको मुआव्जा वितरणको प्रक्रिया शुरु गर्न स्थानीय पालिकालाई दबाब दिने, रेल्वे निर्माणमा सहयोग गर्ने उद्देश्य लिएको छ । 

गत जेठ २४ गते मुआव्जा सम्बन्धी ३५ दिने सूचना जारी गरे पनि  विभागले हालसम्म प्राविधिक समस्या, क्षेत्र निर्धारण, कित्ता नम्बर र क्षेत्रफलको समस्या समाधान गर्न नसकेको बताइएको छ ।  अध्यक्ष डा. मैनालीले रेल विभागले प्रभावितलाई ढाट्ने मात्र काम नगर्न आग्रह गर्नुभयो ।