२३ असार २०८३, मंगलवार
,
Latest
‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी एकताबद्ध भएर अघि बढछः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टीमा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिवसमेत रहनुभएका अर्थमन्त्री पौडेलले आज आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत बुटवलस्थित कान्ति माविको शैक्षिक तथा छात्रवास भवनको शिलान्यास गर्नुहुँदै आफूभित्रको समस्यालाई समाधान गरी एकताबद्ध भएर नेकपा अघि बढ्ने समेत बताउनुभयो । 

अर्थमन्त्रीले भन्नुभयो, ‘‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै टिक्ने र पार्टीको घोषणापत्रमा गरिएका प्रतिबद्धता जनचाहना अनुरुपका काम पाँच वर्षको अवधिमा पूरा गरेरै छाड्नेछ ।’’ उहाँले नेकपाभित्रको मतभेद, अन्तरविरोधले पार्टी र सरकारको भविष्यमा कुनै असर नपार्ने बताउँदै नेकपामा विग्रह ल्याएर एकतामा भाँजो हालेर ठूलो भाग खाऔँला भन्ने सपना देख्नेहरुलाई पनि त्यस्तो सपना नदेख्नसमेत आग्रह गर्नुभयो । “नेकपा र यसको एकताबद्ध अस्तित्वलाई चुनौती दिन सक्दैन, नेकपा एकताबद्ध भएर अघि बढ्छ”, उहाँले भन्नुभयो, “नेकपामा सुँढ घुसाएर विग्रहको खोजी गर्ने जे जस्ता प्रवृति भएका छन् ती सबै असफल हुन्छन् ।” 

अर्थमन्त्री पौडेलले बुटवल प्रदेशमात्र नभएर देशकै केन्द्रका रुपमा विकसित हुँदै गएको बताउँदै १० वर्षअगाडिको बुटवल र अहिलेको बुटवलको विकासको स्वरुप तीव्र गतिमा अगाडि बढेको बताउनुभयो । उहाँले रुपन्देहीमा अहिले सञ्चालित विकास आयोजनाले पूर्णता पाउँदा बुटवल आर्थिक, वाणिज्य, पर्यटन, सामाजिक, शिक्षा र पर्यटनको केन्द्र बन्ने स्पष्ट पार्नुभयो । अर्थमन्त्री पौडेलले बुटवलका शिक्षण संस्थाहरु भौतिक पूर्वाधारको हिसाबले पूर्ण बन्दै गएकाले अब गुणस्तरीय शिक्षा र सीपयुक्त जनशक्ति निर्माणमा ध्यान दिन शैक्षिक संस्थाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले विद्यालयले सिङ्गो प्रदेशमा नमूना विद्यालयका रुपमा स्थापित गर्न सरकारका तर्फबाट बजेटको कमी नहुने बताउनुभयो । यसैगरी प्रदेशसभाका अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले रुपन्देहीमा शिक्षा क्षेत्रको विकासमा फड्को मारेको बताउँदै जीवनपयोगी शिक्षा दिने र दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा कान्ति माविको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । 

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले लुम्बिनी प्रदेशमा शिक्षाको केन्द्रका रुपमा बुटवल विकसित हुँदै गएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माले विद्यालयलाई लुम्बिनी प्रदेशमै विज्ञान विषयको केन्द्रका रुपमा विकास गरी खोज, अनुसन्धान र सिकाइको केन्द्र बनाउने लक्ष्य रहेको बताउनुभयो । सोहीअनुरुप दुई÷दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रदेश सरकार र सङ्घीय सरकारको समपूरक बजेटअन्तर्गत रु १३ करोड ६५ लाखमा चारतले ३५ कोठाको विज्ञान भवन र तीन÷तीनतलाको २४÷२४ कोठाका दुईवटा छात्रवास भवनको शिलान्यास गरिएको हो ।