२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केरलाको वायनाडमा पहिरो, ४१ जनाको मृत्यु, ४०० बेपत्ता



अ+ अ-

एजेन्सी । भारतको केरलाको वायनाडमा भारी वर्षाका कारण सोमबार राति ४ वटा ठाउँमा पहिरो खसेको छ । यसबाट ४ वटा गाउँ डुबानमा परेका छन् ।

घर, पुल, सडक र सवारीसाधन पनि बगेका छन् । अहिलेसम्म ४१ जनाको मृत्यु भइसकेको छ । ७० अस्पतालमा उपचाररत छन् भने ४०० भन्दा बढी बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटना गएराति २ बजेको हो ।

उद्धारका लागि एसडीआरएफ र एनडीआरएफका टोली घटनास्थलमा छन् । कन्नूरबाट २२५ सेनाका जवानहरूलाई वायनाड पठाइएको छ । यसमा मेडिकल टिम पनि सामेल छ । यसका साथै वायुसेनाका दुई हेलिकप्टर पनि उद्धार कार्यमा जुटेका छन् ।

वायनाडका ४ वटा गाउँ मुन्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुझामा पहिरो गएको छ । पाँच वर्षअघि २०१९ मा सोही गाउँमा पहिरोमा परेर १७ जनाको ज्यान गएको थियो । ५ जना अहिलेसम्म फेला परेका छैनन् । ५२ घर ध्वस्त भएका थिए ।