२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले साहित्यिक पत्रिकाहरुका लागि आवश्यक आर्थिक सहयोगको व्यवस्था गर्नुपर्छ: सांसद पन्त



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एमाल) का सांसद रघुजी पन्तले साहित्यिक पत्रिकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सांसद पन्तले हाम्रो भाषा, संस्कृति र साहित्यका जोगाउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकाले ती पत्रिकाहरुलाई सरकारले आर्थिक सहयोग र विज्ञापनको पनि आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनु भयो । उहाँले प्रकाशक र सम्पादकले आफ्नो लगानी गरेर ती पत्रिकाहरु जोगाउन सकिने अवस्था नरहेकाले पनि सरकारले त्यसका लागि आर्थिक सहायता उपलब्ध गराउनुपर्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संस्कृति र साहित्यलाई जोगाउनका लागि साहित्यिक प्रत्रिकाहरुको महत्वपूर्ण योगदान छ । त्यसैगरी बच्चाहरुलाई सानैदेखि आफ्नो भाषा र संस्कृति बुझाउन पनि बाल साहित्यिक पत्रिकाहरुको महत्वपूर्ण योगदान छ । तर अहिले कस्तो स्थिति छ भन्दाखेरी सम्पादक/प्रकाशकले आफ्नो खर्चले निकाल्नुपर्ने, सरकारको कुनै उत्तरदायित्व नहुने एउटा परिस्थिति उत्पन्न भएको छ । म नेपाल सरकार खास गरेर सञ्चार मन्त्रालय र संस्कृति मन्त्रालयको चाँही यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु । र ती पत्रिकाहरुलाई जोगाउनका लागि आर्थिक सरसहयोग र विज्ञापनको व्यवस्था गर्ने कुरामा सरकारको र सम्बन्धित मन्त्रालयहरुको ध्यान जाओस् ।’
सांसद पन्तले सरकारले साहित्य र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने पनि बताउनु भयो ।