२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यमा काम हुन्छ: अर्थमन्त्री पौडेल



file photo
अ+ अ-

काठमाडौं ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको बताउनुभएको छ ।

मङ्गलवार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघको प्रतिनिधिहरुसँगको भेटवार्ताका क्रममा बोल्दै उहाँले सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको बताउनुभएको हो ।

उहाँले सरकारको ध्यान सबैलाई उत्साहकासाथ आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्नुमा रहेको बताउनु भयो । उहाँले साना तथा घरेलु उद्योगमा रोजगारीको ठूलो संख्या रहेको तथा स्वरोजगारीको महत्वपूर्ण माध्यम बनेको भन्दै यसको प्रवद्र्धन गर्ने सरकारको नीति रहेको बताउनु भयो । उहाँले यसको निम्ति कानून, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान दिनुपर्ने कुराहरुमा ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यो सरकार निजी क्षेत्रको आत्मविश्वास, मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको छ । हामी भर्खर आएका छौँ । आइसकेपछि उत्पादनको अवस्था के छ रु रोजगारीको अवस्था के छ रु व्यवसायीका समस्याहरु के छन् रु तिनलाई हामीले एकपछि अर्को जानकारी लिने, छलफल गर्ने कामहरु गरिरहेका छौँ । हाम्रो कोशिस के छ भने तपाईहरुलाई उत्साहका साथमा आफ्नो पेशामा, आफ्ना व्यवसायमा, आफ्ना उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्ने कुरामा हाम्रो ध्यान छ । त्यस उद्देश्यले हामी केही न केही गर्छौं । तपाईहरुको निम्ति अनुकुल परिस्थिति निर्माण गर्ने । खासगरी घरेलु तथा साना उद्योगको महत्व के हो भनेदेखि देशका सबै जिल्लामा, सबै पालिकामा यसको बिस्तार छ । यसमा ठूलो संख्यामा रोजगारीमा आवद्ध छन् । अझै यसलाई बिस्तार गर्ने सम्भावना छ । स्वरोजगारीका निम्ति पनि महत्वपूर्ण माध्यम हो । त्यस हिसावले सरकारले घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने सरकारको नीति छ । त्यसका निम्ति कानूनका, नियमका, निर्देशिकाका, निर्णयका सन्दर्भमा के–कस्ता कुरामा ध्यान दिनुपर्छ त्यसमा ध्यान दिउँला ।’

उहाँले घरेलु तथा साना उद्योग व्यवसायीहरुले ऐन, कानूनमा सुधार गर्न चाहेको बुँदाहरुको सम्बन्धमा लिखित रुपमा सुझाव दिन पनि आग्रह गर्नुभयो । —न्युज एजेन्सी नेपाल