३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद् बैठकमा सभामुख सापकोटा अनुपस्थित



अ+ अ-

काठमाडौँ । मंगलबारको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नहुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बिहान बालुवाटारमा संवैधानिक परिषदको बैठक बोलाउनुभएको हो । बैठक विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका बारेमा छलफलका लागि बस्न लागेको हो ।

सभामुख सापकोटाले भने परिषद् बैठकका लागि आवश्यक गृहकार्य र सल्लाह नगरेको भन्दै सहभागी नहुने बताउनुभएको हो । 'परिषद्को बैठकका लागि आवश्यक समन्वयको अभाव भयो । पूर्वतयारी पुगेन र गृहकार्य पनि गरिएन भनेर सभामुख नजानुहुने भएको छ,' सभामुखको सचिवालय स्रोतले भन्यो । बैठकमा विपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवा भने उपस्थित हुनुहुन्छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगलगायत विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्तिका लागि परिषद्को बैठक बस्न लागेको हो । यसअघि आइतबार बोलाइएको बैठकमा पनि सभामुख सापकोटा जानुभएको थिएन। बैठकले बैधता पाउनका लागि अध्यक्षबाहेक ४ जनाको उपस्थिति अनिवार्य मानिन्छ । परिषदमा एकजना सदस्य (उपसभामुख) पद रिक्त छ ।