२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल कुलमान भन्छन्ः वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमास नेता इस्माइल हानिये इरानमा मारिए



अ+ अ-

इजरायली विशेष सैन्य कारबाहीमा हमास नेता इस्माइल हानिये इरानमा मारिएका छन् । उनी गत मंगलबार मात्र नवनिर्वाचित इरानी राष्ट्रपति मसूद पेजेस्किएनको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन इरान पुगेका थिए ।

इरानले हानियेको मृत्युको बारेमा अनुसन्धान गर्ने बताएको छ ।

इस्लामिक लडाकू समूह हमासले इजरायले गरेको गुप्त सैन्य कारबाहीमा इरानको तेहरान स्थित निवासमा आफ्ना नेता मारिएको दाबी गरेको छ । यद्यपी इजरायलले उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएको छैन ।

हानिये सन् २००६ मा छोटो अवधिका लागि प्यालेस्टिनी प्रधानमन्त्री समेत बनेका थिए । उनी सन् २०१७ मा हमासको राजनीतिक ब्युरोका प्रमुखका रुपमा निर्वाचित भएका थिए । तर उनका गतिविधिको विरोध गर्दै अमेरिकाले उनीमाथि सन् २०१८ मा आतंककारीको सूचीमा राखेको थियो ।

उनी केही वर्षदेखि कतारमा शरण लिएर बस्दै आएका थिए ।

 




भर्खरै