२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’ को सेटबाट क्लाइमेक्स दृश्यको भिडियो लिक भएपछि…



अ+ अ-

एजेन्सी । अल्लु अर्जुन र रश्मिका मन्दना स्टारर फिल्म ‘पुष्पा २’ को सेटबाट एउटा भिडियो लिक भएको छ । यो भिडियो फिल्मको क्लाइमेक्स दृश्यको सुटिङका ​​क्रममा खिचिएको बताइएको छ ।

उक्त भिडियोमा फिल्मसँग सम्बन्धित कास्ट र क्रु सदस्यहरू तीव्र झगडाको दृश्य शूट गरिरहेको देखिन्छ ।

भिडियोमा रगतले लतपतिएको मान्छे हार्नेस (केबल)मा झुण्डिएको देखियो, जबकि अन्य व्यक्तिहरू सेटअपमा मद्दत गर्दै थिए । तर, यो क्लिपमा रश्मिका वा अल्लु अर्जुन देखिएनन् ।

यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि फिल्मका फ्यानहरु आक्रोशित भएका छन् । उनीहरुले यो भिडियो इन्टरनेटबाट हटाउन आग्रह गरेका छन् ।

‘पुष्पा २’ को कुनै फुटेज लिक भएको यो पहिलो पटक भने होइन । यसअघि पनि रश्मिका मन्दना एक भिडियोमा उनको चरित्र श्रीवल्लीको गेट टुगेदरमा देखिएकी थिइन् ।

सुकुमार निर्देशित ‘पुष्पा २’ यस वर्षको अगस्ट १५ मा सिनेमाघरमा रिलिज हुने तय भएको थियो । तर, अब यो फिल्म यसै वर्षको डिसेम्बर ६ मा रिलिज हुँदैछ । यो पाँच भाषामा रिलिज हुनेछ ।

फिल्मको पहिलो भाग डिसेम्बर २०२१ मा रिलिज भएको थियो र यसले बक्स अफिस कमाईको धेरै रेकर्ड तोड्यो ।