२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी छैन: परराष्ट्रमन्त्री राणा



file photo
अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी नरहेको बताउनुभएको छ ।

उहाँले बुधवार दिउँसो काठमाडौंको त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण एवं अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले सरकारमा दुई पुराना राजनीतिक दलहरु रहेको उल्लेख गर्दै आफूहरुले काम गरेर प्रमाणित गरिसकेकाले स्टन्ट देखाउनुपर्ने जरुरी नरहेको जिकिर गर्नुभयो । उहाँले अहिले सरकारमा रहेका मन्त्रीहरुलाई र राजनीतिक दललाई हामी नै राम्रो हौँ भने प्रमाणित गरिरहनुपर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले अहिलेको सरकारले अर्थ कुटनीति र प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी काम गर्ने पनि बताउनु भयो । उहाँले वर्तमान सरकार कहिले ढल्ला भन्ने भय नरहेकाले ढुक्क भएर काम गर्न समस्या नरहेको बताउनु भयो । उहाँले दुवै राजनीतिक दलहरुको लक्ष्य देश र जनताको विकास, अर्थतन्त्रमा सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण रहेकाले देश परिवर्तन गरेर देखाउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारमा रहेका दुई पार्टीहरु धेरै नै पुराना पार्टीहरु छन् । हामीले काम गर्नसक्छौँ । हामीले देशको लागि केही गर्नसक्छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन । किनभने हामीले गरेर देखाइसकेका छौँ । हामी भन्दा अगाडिको पुस्ताले धेरै गाह्रो समयमा नेपाललाई अघि सारेको पार्टी हो । हामी युनिक छौँ, सबैभन्दा बेस्ट छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन । अहिले जुन सरकार बनेको छ, हेर्दा हामी सबै योङ, भर्खर नयाँ नयाँ छौँ । हुनत: म त्यति होइन, अरुअरु हुनुहुन्छ । इकोनोमिक डिप्लोमेसी, फरेन डाइरेक्ट इन्भेष्टमेण्टहरु यहाँ ल्याउने, पासपोर्टकै पनि नेपाली डेस्पोरा धेरै छ । अहिलेको सरकार स्टन्ट गर्न होइन, गम्भीर भएर काम गर्ने हो । हामीलाई भोलि जाला की पर्सी जाला की भन्ने चिन्ता छैन, निर्धक्कका साथ काम गर्नेछौँ । दुई पार्टी भएपनि एउटै लक्ष्य भएकाले हामीले परिवर्तन गरेर देखाउनेछौँ ।’

मन्त्री राणाले राजनीतिमा दुई अनुभवी व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली । काँग्रेस सभापति शेरबहादुर देउवा रहेकाले देशलाई गन्तव्यमा पुर्‍याउने दाबी गर्नुभयो ।