२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना महामारीको दोस्रो लहर रोकथाम कसरी गर्ने



अ+ अ-

अमेरिका तथा युरोपका बिभिन्न देशमा कोरोना महामारीको दोस्रो लहर फैलिएको छ । हिंजोमात्र कोरियामा लगभग एकहजार संक्रमितको पहिचान भयो । कोरियाका अधिकारीहरुले यो तेस्रो लहर हुनसक्ने अनुमान गरेका छन् ।

नेपालमा कोरोना महामारीको छाल केहि सेलाएको छ । यो महामारीलाई नियन्त्रण गर्नको लागि हामी सबैले आफ्ना स्वार्थ तथा मोहलाई छोडेर समाजको लागि योगदान गर्नु अपरिहार्य बनेको छ । 

के गर्ने त दोस्रो लहर रोकथामको लागि ? 

– १०० दिन मास्क अभियान : सरकारी तथा गैह्र सरकारी निकायले १०० दिन मास्क अभियान संचालन गरौँ । यो १०० दिनसम्म सुरक्षाकर्मीले मास्क प्रयोग भए र नभएको ब्यापक अनुगमन गर्ने, लापरबाही गर्नेलाई जरिवानाको ब्यबस्था गर्ने । सामाजिक संघ संस्थाले स्वयंसेवीको रुपमा मास्क वितरण तथा मास्क लगाउन अनुरोध गर्ने । संचार माध्यमले मास्क अभियान संचालन गर्ने । घरबाहिर निस्किने हरेक व्यक्तिले जिम्मेवार भएर अनिबार्य रुपमा मास्क लगाउने ।
– पठनपाठन बारे : सरकार तथा नागरिक दुवै पक्ष परीक्षणमा उदासिन देखिएको अवस्था छ। परीक्षण न्यून भएकोले तथा परीक्षण गर्नेले औपचारिक कामको लागि परीक्षण गरेको हुँदा समुदायमा संक्रमणको बास्तबिक अवस्था के छ भनेर भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा बिद्यालय तथा कलेज यथास्थितिमा संचालन गर्ने अर्थात अनलाइन र अफलाइन पढाइको निरन्तरता दिनु उपयुक्त हुन्छ। घटीमा पौष र माघ स्कुल र कलेज नखोल्नु जनस्वास्थ्यको दृष्टिकोणले सुरक्षित हुनेछ। बिद्यालय खुलेपछि बिभिन्न ठाउँका हजारौं बिद्यार्थी एकै स्कुलमा हुँदा संक्रमण सर्ने, त्यो संक्रमण घरघरमा पुगेर जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई सर्ने जोखिम हुन्छ । यस्तो भीडभाडले महामारीको दोस्रो लहर आउने सम्भावना हुन्छ  । तसर्थ २ महिना स्कुल बस तथा सौचालयको संख्या थप्ने, हरेक कक्षामा भेन्टिलेसनको ब्यबस्था गर्ने, दुरी कायम गर्नको लागि कक्षा कोठा मिलाउने, क्यान्टिन फराकिलो बनाउने तथा मास्क र स्यानिटाइजर र पानी र साबुन र आइसोलेसन कक्ष आदिको ब्यबस्था गर्ने लगायतका तयारी गर्नुपर्ने हुन्छ ।

– मालपोत, यातायात कार्यालय, वडा, बिद्युत महाशुल तिर्ने काउन्टर लगायत ठाउँमा भीडभाड हुन नदिने। यसको लागि बैंकको जुनसुकै काउन्टरबाट कर तिरेपछि स्वत: नवीकरण हुने र छाप १०० दिनभित्र लगाए हुने ब्यबस्था गर्ने ।
–  लामा बस जोर र बिजोर दुवै संचालन गर्ने । सार्वजनिक बसमा मापदण्ड अनुगमनको ब्यबस्था गर्ने ।
– भोजभतेर र जमघट आदि हुन नदिने । त्यसको अनुगमन तथा निगरानी गर्ने ।
–  जेष्ठ नागरिक तथा दीर्घ बिरामी (दम, मधुमेह, मुटु र किड्नीको समस्या भएका) यो ३ महिना घरभित्र बस्ने र घरभित्र पनि परिवारका अन्य सदस्यसंग घुलमिल नहुने । 
–  वर्क फ्रम होम र डिजिटल सर्भिसलाई सरकारी तथा निजि क्षेत्रले अध्यावधिक गर्ने ।
–  घर र छिमेक र अफिसमा कुनै व्यक्तिलाई कोरोना संक्रमणको लक्षण देखिएमा परीक्षण गर्न तथा आइसोलेसंमा बस्नको लागि प्रेरित गर्ने । रुघाखोकी लागेपनि सेल्फ आइसोलेसंमा बस्ने ।
–  कडा लक्षण देखिएका संक्रमितलाई अस्पताल जान प्रेरित गर्ने ।
– संक्रमितलाई अक्सिमिटर र थर्मोमिटर र मास्क र स्यानिटाइजर र गाइडलाइन आदिको स्थानीय निकायले प्रबन्ध गर्ने ।
– होम आइसोलेसनको अनुगमन र निगरानी गर्ने ।
– भीड हुने ठाउँका पसललाई नम्बर दिएर जोर र बिजोर गरेर खोल्ने ।
– फुटपाथ तथा तरकारी बजारलाई टुँडिखेल, भृकुटीमण्डपजस्तै खुला ठाउँमा ब्यबस्थित रुपमा राख्ने ।
– अत्यावश्यक यात्रा नगर्ने ।
– सरकारी तथा गैह्र सरकारी कार्यालय खोल्ने र बन्द गर्ने समय २ घण्टा फरक गरेर ट्राफिक जाम तथा बस स्ट्याण्डको जामलाई न्यूनीकरण गर्ने ।
– बन्द कोठामा बैठक, भेटघाट, भेला आदि नगर्ने । झ्यालढोका खोलेर भेन्टिलेसन यथासम्भव बढाउने ।
– जनस्वास्थ्यका मापदण्डलाई थप प्रभावकारी बनाउन महजोडीजस्ता लोकप्रिय कलाकारमार्फत बिज्ञापन र टेलिफ्लिम बनाएर प्रकाशन र प्रसारण गर्ने ।
– सबैजनाले ‘ म संक्रमित हुँदैन ‘, ‘ मेरो परिवार संक्रमित हुँदैन ‘ भन्ने प्रण गरेर मास्क, दुरी र सफाइमा बिशेष ध्यान दिने ।
– सिमा रनाकामा एन्टिजेन टेस्ट गरेर संक्रमितलाई आइसोलेसन र संक्रमण नभएका व्यक्तिलाई भित्र आउन अनुमति दिने ।
यी र अन्य जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने र गराउनेमा सबै जागरुक बनौं । कोरोना महामारीको दोस्रो लहर रोकथामको लागि सबैजना सम्बेदनशील भएमा हामी खोपको बिन्दुमा पुग्नेछौं ।