काठमाडौं । आज सोमवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ९५० निर्धारण गरिएको छ ।
आइतबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२०० रहेको महासंघले जनाएको छ ।







