२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षाफल प्रकाशनमा केही प्राविधिक समस्या नआए आजै नतिजा आउने बोर्डले जनाएको छ ।

अहिले बोर्ड बैठक जारी रहेको छ । आज सार्वजनिक नभएको खण्डमा आइतबार भित्र नतिजा सार्वजनिक गरिने बताईएको छ ।

१२ को परीक्षामा नियमिततर्फ तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए । जसमा एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र सहभागि थिए ।

त्यस्तै, ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए ।