२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणकाजीलाई गिरफ्तार गरियोस् भन्दै बालुवाटारमा प्रदर्शन



अ+ अ-

काठमाडौं । नेकपाका नेता कमानसिंह लामाको मृत्यु भएको विषय छानविन गर्न र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पदबाट हटाउन आज काठमाडौंमा प्रदर्शन भएको छ । सो प्रदर्शनलाई ध्यानमा राखेर नेकपा स्थायी समितिको बैठक कमानसिंहलाई समवेदना प्रकट गरेर सकिएको छ ।

स्वर्गीय लामा काभ्रे जिल्लाका थिए । काभ्रेका जनताको तर्फबाट आज प्रदर्शन गरिएको हो । नेकपाको स्थायी समिति बैठक बसेको ठाउँ प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा काभ्रेली जनताले ‘कमानसिंहको आत्मालाई न्याय देउ’ भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा काभ्रेली युवाहरुले विभिन्न किसिमका प्लेकार्डहरु बोकेका थिए । उनीहरुले नारायणकाजी श्रेष्ठ र उहाँकी अति निकट महिला सुसन कर्माचार्यलाई गिरफ्तार गर्नुपर्ने भन्दै नारा पनि लगाएका थिए ।

कमानसिंह लामाको गत बुधबार राति काठमाडौंको एक अस्पतालमा मृत्यु भएको थियो । मृत्यु हुनु अघि कमानसिंहले नारायणकाजी श्रेष्ठले आफ्नो जिन्दगी खराब गरिदिएको, ऋणमा डुबाइदिएको तथा बर्बाद बनाइदिएको भनेर फेसबुकमा लेखेका थिए ।

नारायणकाजी र उनकी निकट सुसनले आफ्नो अढाई करोड रुपैयाँ खाइदिएको, परिवार बिगारिदिएको भनी कमानसिंहले फेसबुकमा लेखेर खुलासा गरेका थिए । याम्बालिङ हाइड्रोको शेयरको विषयमा उनीहरुको लेनदेन विवाद रहेको थियो । त्यो लेनदेन विवादको विषयमा कमानसिंह र नारायणकाजीबीच भएको कुराकानीको भिडियो पनि सार्वजनिक भएको छ ।

प्रदर्शनकारीहरुले नारायणकाजी र सुसन कर्माचार्यको सम्पत्ति छानविन गर्न पनि माग गरेका छन् । उनीहरुले ‘हेल्लो नारायणकाजी, एउटा झुठ छोप्न सयवटा झुठ नबोल्नुस्’ भन्दै नारा लगाएका थिए । अमित लामा लगायतका युवा नेताहरुको अगुवाईमा भएको प्रदर्शननारावाजी भएको ठाउँमा नेकपाका केही नेताहरु पुगेर ऐक्यवबद्धता प्रकट गरेका थिए ।

प्रदर्शनकारीहरुले हाँडीघोप्टे र उनको पिएको सम्पत्ति छानविन गर भन्दै पनि नारा लगाएका थिए ।

प्रदर्शनकारीहरुले ‘नारायणकाजीलाई पदबाट हटाइयोस्, अरुको सुखी दाम्पत्य जीवन जोगाइयोस्’ भन्ने प्लेकार्ड समेत बोकेका थिए । उनीहरुले नारायणकाजीले अहिलेसम्म ककसलाई विदेश पठाए भन्ने छानविन गरी तिनको दाम्पत्य जीवनको अवस्था बारे बुझियोस् भन्ने माग राखेका छन् ।

प्रदर्शनकारीहरुले नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म र छानविनको प्रकृया सुरु नगरेसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन् ।