२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी चुनाव: ह्यारिस आधिकारिक रूपमै डेमोक्राटिक पार्टीबाट राष्ट्रपतीय उम्मेद्धार



अ+ अ-

एजेन्सी । आसन्न चुनावका लागि अमेरिकी डेमोक्राटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेद्धार चयन गरेको छ ।

डेमोक्राटिक पार्टीका अधिकारीहरूले बहुमत सहित ह्यारिसलाई आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति उम्मेद्वारमा चुनेको घोषणा गरेका छन् ।

यसै सन्दर्भमा ह्यारिसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भन्नु भयो, “म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेद्वार हुन पाउँदा सम्मानित छु ।”

आगामी हप्तामा आधिकारिक रूपमा मनोनयन स्वीकार गर्ने ह्यारिसले जनाउनु भएको छ ।

वासिङ्टन पोस्टका अनुसार, ह्यारिस राष्ट्रपति पदको नेतृत्व गर्ने पहिलो अश्वेत तथा दक्षिण एसियाली मुलकी महिला उम्मेद्धार हुनुहुन्छ । उहाँको उम्मेद्धारीले लामो सयमदेखि थाती रहेका जातीय तथा लैङ्गिक सवालहरुले सार्थकता पाउने अपेक्षा गरिएको छ ।

राष्ट्रपति जो बाइडेनले ह्यारिसलाई समर्थन गर्दै जुलाई –२१ मा चुनावी प्रतिश्पर्धाबाट बाहिरिने घोषणा गर्नु भएको थियो । समर्थनपछि जुलाई–२७ मा, ह्यारिसले अमेरिकी राष्ट्रपति चुनावका लागि आधिकारिक रूपमा आफ्नो उम्मेद्वारको उद्घोष गर्नु भएको हो ।

सन् २००८ मा बाराक ओबामापछि अमेरिकाको इतिहासमा प्रमुख राष्ट्रपति पदको टिकट पाउने ह्यारिस दोस्रो अश्वेत व्यक्ति हुनुहुन्छ ।