२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले स्थानीय छाँया सरकार गठनको अभ्यास गर्ने, महाधिवेशन २०८२ वैशाख तेश्रो सातामा



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला आज सम्पन्न भएको छ ।

कार्यशालामा पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य(मान्यता र लिडरसीप एकेडेमीरक्यान्डिडेट क्लब गरी ६ विधामा छलफल गरिएको थियो ।

कार्यशालाले आगामी दिनमा पार्टीले चाल्नु पर्ने कदमहरु सुझाबका रुपमा केन्द्रीय समितिलाई दिएको छ ।

रास्वपाको दुई दिने बन्द कार्यशाला शुक्रबार र सनिबार केन्द्रीय कार्यालय (च:मति, वनस्थली) भएको थियो । पार्टीको रणनीति तयारीमा केन्द्रित कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी रहेका थिए । कार्यशालामा विचार, संगठन, मूल्य(मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे छलफल भएको जनाईएको छ ।

कार्यशालाले १५ बुदे सुझाब दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

१. राष्ट्रिय भेला मिति २०८१ असोज ३ र ४ गते आयोजना गर्ने ।

२. राष्ट्रिय महाधिवेशन मिति २०८२ वैशाख तेश्रो सातामा गर्ने ।

३. विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समिति मार्फत् राष्ट्रिय भेलामा पेश गर्ने ।

४. जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेला मार्फत् जिल्ला तदर्थ समिति गठन गर्ने ।

५. पार्टीको अर्थ राजनीतिक (जलेश्वर) प्रस्तावनाको व्याख्या गरी पार्टीको वाचापत्र लगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने ।

६. शासकीय स्वरुपका विषयमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधन समेतको कुरालाई मध्यनजर राखी पार्टीको अवधारणा तयार गर्ने ।

७. “जन आवाज अभियान” समिति गठन गरी देश भरिको जनगुनासा तथा मुद्दाहरु संकलन गर्ने र सदनमा उठाउने, कार्यान्वयन भए नभएको अनुगमन गर्ने ।

८. विधेयक मन्थन विभागलाई संसदमा दर्ता भएका विधेयकहरुबारे आवश्यकता अनुसार प्रवासमा समेत छलफल चलाई सुझाव संकलन गर्ने ।

९. क्यान्डिडेट क्लब र लिडरसीप एकेडेमीको विधान अनुसार नियमावली र कार्यविधि भदौ मसान्तसम्म तयार गर्ने ।

१०. पार्टीलाई प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय सभा, गोष्ठी आदि कार्यक्रमहरूमा जाने व्यक्तिको छनोटका लागि मापदण्ड तयार पार्ने।

११. पार्टीको आचारसंहिता र मुल्य मान्यतामा आधारित दस्तावेजहरु पुनरावलोकन गरी सदस्यहरुबाट प्राप्त सुझावहरु समेत समेटी प्रशिक्षणको सामग्रीमा समावेश गर्ने ।

१२. पार्टीको केन्द्रीय अर्थ व्यवस्थापन समिति विस्तार गरी देश विदेशमा रहेका सबैलाई जोड्न “पार्टी पिल्लर्स”को अवधारणा लागु गर्ने ।

१३. “देशका गाउँदेखि विदेशका सहरसम्म” का नेपालीसँग भेटघाट अभियानको सुरुवात गर्ने ।

१४. चरणबद्ध रुपमा स्थानीय छाँया सरकार गठनको अभ्यास थालनी गर्ने ।

१५. आगामी साता सातै प्रदेशमा यसै प्रकृतिको बन्द कार्याशाला आयोजना गर्ने र केन्द्रीय बन्द कार्यशालामा सहभागी हुनुभएका नेताहरु सहजीकरणका लागि सहभागी हुने ।