२३ असार २०८३, मंगलवार
,
Latest
‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एपीएफ टोलीद्वारा ५० के.जी.चरेशसहित पक्राउ



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको एपीएफ टोलीले मंसीर २७ गते राती करीव ५० के.जी. चरेशसहित धादिङ जिल्लाको गल्छी गाउँपालिका ८ बस्ने ३४ वर्षिय दिपक मगरलाई पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा सो पोष्टबाट खटिएको एपीएफ टोलीले सोही जिल्लाको थाके गाउँपालिका १ खयरघारी स्थित पूर्व पश्चिम लोकमार्गबाट उनलाई पक्राउ गरेको हो ।

बा २१ प ८७६ नम्बरको मोटरसाईकलमा सवार निज मगरले तीन वटा झोलामा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित चरेश भेटिएपछि उनलाई पक्राउ गरिएको हो । 

त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत एपीएफ टोलीले बरामद गरेको छ । उक्त चरेश लिएर गल्छीबाट खयरघारीतर्फ जाँदै गरेका निज मगरलाई राती करीव साढे आठ बजे एपीएफ टोलीले फेला पारेको थियो ।

उनलाई राती नै आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गजुरीमा बुझाईएको छ ।

उक्त चरेश धादिङ जिल्लाको गोगनपानी भन्ने ठाउँबाट काठमाडौं ल्याउने उद्देश्यले ल्याउँदै गरेको कुरा निज मगरले एपीएफ टोली समक्ष बताएका छन् ।