२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र पाण्डेको असन्तुष्टि: केन्द्रिय कमिटी घोषणाले पार्टीको नेतृत्व पूर्ण हुन सकेको छैन



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का पूर्व उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले पार्टीको केन्द्रिय कमिटी घोषणाले पार्टीको नेतृत्व पूर्ण हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेकपा एसले श्रावण १८ गते ३४४ जना सदस्य रहेको केन्द्रिय कमिटी घोषणा गरेको थियो । उक्त निर्णयलाई लिएर असन्तुष्ट रहेका पाण्डेले अझै पनि पदाधिकारी, स्थायी कमिटी र पोलिटव्यूरोको निर्वाचन हुन नसकेको अवस्थामा केन्द्रिय सदस्य पार्टी कामको तुलनामा संख्या असन्तुलीत रहेको देखिएको जनाएका छन् ।

‘केन्द्रिय कमिटीमा पर्नै पर्ने, बिद्रोहमा सामेल हुनुभएका, पार्टी निर्माणमा जुटिरहनुभएका र पार्टी निर्माणमा ठूलो योगदान दिन सक्ने थुप्रै कमरेडहरुको नाम केन्द्रिय कमिटीमा ल्याउन सकिएको छैन ।’ पाण्डेले सामाजिक सञ्जालमा भनेका छन् ‘आज हाम्रा अभिव्यक्तिले पार्टी निर्माणमा समस्या बनायौं भने भोली त्यो समस्या हामी आँफैलाई पर्ने हो भन्ने हेक्का राखेर पनी धैर्य धारण गर्न पार्टी केन्द्रको बाँकी निर्णयहरुलाई पर्खेर बस्न जिम्मेवार कमरेडहरुलाई हार्दीक अनुरोध गर्दछु ।’

यस्तै, असल ईमान्दार र योग्य नेताहरुले पार्टीमा योगदान गर्ने ईच्छा हुँदाहुँदै पनि आफू केन्द्रिय कमिटीमा आउन नपाएको बिषयलाई लीएर असन्तुष्टि व्यक्त गरिरहेको उनको भनाई छ ।

साथै, नेता पाण्डेले आफ्ना अभिव्यक्तिले पार्टी निर्माणमा समस्या बनायौं भने भोली त्यो समस्या आँफैलाई पर्ने हो भन्ने हेक्का राखेर पनि धैर्य धारण गर्न पार्टी केन्द्रको बाँकी निर्णयहरुलाई पर्खेर बस्न जिम्मेवार नेताहरुलाई अनुरोध गरेका छन् ।

उनले भनेका छन् ‘आज हाम्रा अभिव्यक्तिले पार्टी निर्माणमा समस्या बनायौं भने भोली त्यो समस्या हामी आँफैलाई पर्ने हो भन्ने हेक्का राखेर पनी धैर्य धारण गर्न पार्टी केन्द्रको बाँकी निर्णयहरुलाई पर्खेर बस्न जिम्मेवार कमरेडहरुलाई हार्दीक अनुरोध गर्दछु ।’




भर्खरै