२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईजात्राका लागि हाँस्यकलाकार जोगिन्दरको कोसेली ‘ठगाठग कम्पनी’



अ+ अ-

काठमाडौँ । हाँस्यव्यङ्ग्य पर्व ‘गाईजात्रा’ नजिकिँदै गर्दा यससम्बन्धी सामग्री बजारमा आउने क्रम सुरू भएको छ ।

यसैक्रममा प्रहसन र व्यङ्ग्यात्मक प्रस्तुतीमार्फत विसं २०६१ देखि हरेक वर्ष गाईजात्राको प्रस्तुति दर्शकसामू पस्किरहनुभएका जोगिन्दर उपनामले परिचित हाँस्यकलाकार शिवशङ्कर रिजालले नयाँ कोसेली ‘ठगाठग कम्पनी’ सार्वजनिक गर्नुभएको छ । यसमा उहाँकै लेखन, निर्माण तथा निर्देशन रहेको छ ।

गाईजात्रा पर्वको परम्परा र संस्कृतिसँगै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै आफ्नो बाइसौँ गाईजात्रे कोसेली तयार गरेको हाँस्यकलाकार रिजालले जानकारी दिनुभयो ।

“विशुद्ध मनोरञ्जन दिने र विकृति विसङ्गतिमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उद्देश्यले मैले कलाकारिता सुरू गरेदेखि नै हरेक वर्ष गाईजात्राको अवसरमा कोसेली ल्याउने गरेको छु । भूकम्प र कोरोना महामारीका वर्षमा भने निरन्तरता दिन सकिएन । राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिदेखि, फेसन र ग्ल्यामरसम्मका विकृतिलाई व्यङ्ग्य गर्ने गरेको छुँ”, उहाँले भन्नुभयो ।

क्यासेट, भिसिडी, सिडी हुँदै अहिले प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै ‘ठगाठग कम्पनी’ इन्टरनेट ९युट्युब० मा सार्वजनिक गरिएको हाँस्यकलाकार रिजालले जानकारी दिनुभयो ।

यसमा उहाँसँगै राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले, सुरेश तिमिल्सेना, सिला उप्रेती, सोनम शेर्पा, वीजेन्द्र नौबागे, धीरेन्द्र सिंह, सावित्री लामिछाने, प्रेम शर्मा पौडेल लगायतका कलाकारले अभिनय गर्नुभएको छ । रिजालकानुसार यस प्रस्तुतिमा प्यारोडी गीत समावेश गरिएको छ ।

देशका विभिन्न क्षेत्र विशेष गरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ । गाईजात्रामा वर्षभरिको शोक र दु:ख भुलाउन हास्यव्यङ्ग्यका कार्यक्रम र प्रस्तुति प्रस्तुत गर्ने परम्परा छ । यस वर्ष आगामी भदौँ ४ गते गाईजात्रा पर्व परेको छ ।