२३ असार २०८३, मंगलवार
,
Latest
नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मह उत्पादनमा बृद्धी



अ+ अ-

कैलाली । प्रतिकुल मौसमका कारण यस वर्ष महको उत्पादन बढेको मौरीपालक किसानहरुले बताएका छन् । उत्पादन बढेपनि माग भने धान्न नसकिएको किसानहरुको भनाई छ । कैलालीमा मात्रै वर्षेनी करिब १५ टन मह उत्पादन हुने भएपनि माग अनुसारको आपूर्ति नहुँदा भारतबाट मह आयात गर्नु पर्ने अवस्था छ । 

यस वर्ष मौसमले साथ दिदा मह उत्पादनका बृद्धी भएको छ । सितलहरहरु सुरु नभएको तथा मौसम सफा र न्यानो रहेकाले मौरीपालक सकसानहरुले ३ पटक सम्म मह निकालिसकेका छन् । यस वर्ष मह उत्पादनमा बृद्धी भएका बेला माग पनि बढेको छ । कोरोना कहरका बिच महले शरिरमा रोग प्रतिरोधात्मक क्षमता अर्थात (इम्युनिटी पावर) बढाउने भन्दै सेवनकर्ताहरु बढेकाले माग धान्न गारो भएको मौरी पालक किसान घनश्याम पौडेल बताउनु हुन्छ ।

महको माग बर्सेनी बढ्दै गएको पनि छ । कृषि ज्ञानकेन्द्र धनगढीका अनुसार जिल्लामा उत्पादन भएको महले मात्रै माग धान्न नसक्ने भएकाले भारतबाट समेत आयत गरिदै आएको छ । जिल्लामा करिब २ सय कृषकहरुले मौरीपालन ब्यवसाय गरिरहेको र सरदर बार्षिक १५ टन सम्म मह उत्पादन भईरहेको ज्ञानकेन्द्रका प्रमुख खगेन्द्र प्रसाद शार्माले बताउनुभयो ।  

नेपाली बजारमा महको माग धान्न तथा नेपाली युवाहरुलाई मौरी पालन ब्यवसाय तर्फ आकर्षित गरी आर्थिक उपार्जनमा सक्षम बनाउनु पर्ने आवश्यकता महसुस गरिएको छ । मौरीपालन व्यवसायलाई थप प्रवद्र्धन गर्दै उत्पादन संगै स्वरोजगार सृजना गर्न बिभिन्न सहयोग हस्तान्तरण, तालिम, गोष्ठी तथा प्रोत्सहानका कार्यक्रम सञ्चालन गरिरहेको ज्ञान केन्द्रका प्रमुख शर्माको भनाई छ । तराई क्षेत्रमा मौरी पालनका लागि तोरी खेती बाहेकका अन्य सिजनल र आवश्यक फलफुल जन्य कृषि उत्पादन नहुदा चुनौती भने बढेको देखिन्छ । जसका कारण मौरी बोकेर एक ठाउबाट अर्को ठाउमा जानु पर्ने समस्या थप जटिल बन्दै गएको कृषहरु बताउछन । सम्भाबित समस्यालाई मध्यनजर गर्दै मौरीपालन ब्यवसाय सञ्चालन गर्न सके मनग्य आम्दानी गर्न सकिने अवस्था देखिन्छ ।