२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेताला खोजेर विरोध गर्न थालियो : पूर्वमन्त्री बाँस्कोटा



अ+ अ-

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका  नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको दाबी गर्नुभएको छ । 

 बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता स्व प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलिसभालाई आज सम्बोधन गर्दै उहाँले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेकोसमेत बताउनुभयो । 

“कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको प्रमाणसहित फेलापरेका छन्”, नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले भन्नुभयो, “यसो भएपछि बाहिर एकताको हल्ला चलाएरभित्र विभिजनको तयारी गर्नुको कुनै तुक छैन, यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ अब मिल्न सकिएन ।” आफूहरु जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभहानिमा पार्टी विभाजन गर्न नहुने उहाँको तर्क थियो । 

कार्यक्रममा पूर्वसांसद विदुर सापकोटा, नेकपाका वाग्मती प्रदेश कमिटी सह–इञ्चार्ज हितमान शाक्य, जिल्लाअध्यक्ष रुकु चौलागाईं जिल्ला सचिव टोकबहादुर वाइबालगायतले स्व सिग्देलप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।