२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस पदाधिकारी बैठक: केन्द्रिय कार्यसमिति बैठकका एजेण्डाबारे छलफल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठकमा आगामी केन्द्रिय कार्यसमिति बैठकका एजेण्डाहरुको सम्बन्धमा छलफल भएको छ ।

सोमवार पार्टी सभापति निवास बुढानिलकण्ठमा बसेको नेपाली काँग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले आगामी साउन २३ गतेबाट हुने काँग्रेस केन्द्रिय कार्यसमिति बैठकको एजेण्डाहरुको सम्बन्धमा छलफल भएको हो ।

पदाधिकारी बैठकमा अगामी केन्द्रिय कार्यसमितिको बैठकमा महासमिति बैठकमा उपसभापति र महामन्त्रीद्वयले प्रश्ताव गर्नुभएको राजनीतिक प्रश्ताव, सांगठनिक प्रश्ताव र समसामयिक प्रश्तावलाई संशोधनसहित पारित गर्ने सन्दर्भमा छलफल भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । त्यसैगरी पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनको सम्बन्धमा पनि केन्द्रिय कार्यसमिति बैठकमा छलफल हुने तय भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘साउन २३ गतेबाट काँग्रेस केन्द्रिय कार्यसमिति बैठक आह्वान गरिएको छ । सो बैठकलाई केन्द्रबिन्दु राखेर आज छलफल भयो । आजको बैठकबाट आएको कुरा अनुसार महासमिति बैठकमा नेपाली कांग्रेसका उपसभापतिज्युले राजनीतिक प्रश्ताव पेश गर्नुभएको छ । महामन्त्री गगन थापाले सांगठनिक प्रश्ताव पेश गर्नुभएको छ । र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदनको विषयमा गरेर ३ वटा प्रश्ताव पेश भएका थिए । प्रश्तावहरुमा महासमितिमा व्यापक छलफल भयो ।

बैठकले आएका सुझावहरु सहित, संशोधनसहित केन्द्रिय कार्यसमितिबाट पारित हुनेगरी जुन निर्णय भएको थियो । सोही विषयमा अब बस्ने केन्द्रिय कार्यसमिति बैठकले उक्त महासमितिबाट प्रश्तुत भएको जुन प्रश्तावहरु हो । जुन सुझावहरुलाई समेत समेटेर प्रश्ताव पेश गरेर पारित गर्ने भन्नेकुरा भएको छ । सरकारमा रहेर नेपाली कांग्रेसले पार्टी संगठनलाई तल्लो तहसम्म लिएर जाने कुरा र सरकारमा बसेर काँग्रेसले कस्तो भुमिका खेल्नुपर्छ भन्ने बारेमा पनि छलफललाई केन्द्रीकृत गर्ने भन्नेकुरा भएको छ । पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनको बारेमा पनि छलफल हुन्छ ।’

उहाँले सरकार सञ्चालनसँगै पार्टीलाई तल्लो तहसम्म लाने कुरामा केन्द्रिय कार्यसमिति बैठक केन्द्रीत हुने बताउनु भयो ।