२३ असार २०८३, मंगलवार
,
Latest
नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो रहनेछ, आगामी तीन दिन मौसम, यस्तो छ पूर्वानुमान



अ+ अ-

काठमाडौं । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्ष र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन प्रकाशित गरी पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको उच्च हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने जनाएको छ । साथै पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागल जनाएको छ । 

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । राति प्रदेश नं १, दुई, वाग्मती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्कादेखि माध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ दशमलव ५ डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । 

आगामी तीन दिन मौसम यस्तो रहने अनुमान छ :

मंसिर २७ गते (शनिबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्कारवर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ।

राती : प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

मंसिर २८ गते (आइतबार)

दिउँसो : प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राती :  प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।  प्रदेश १ को पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ।

मंसिर २९ गते (सोमबार)

दिउँसो : देशको पहाडि भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।

राती :  देशको पहाडि भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।