२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु, ७३ जिल्ला प्रभावित



अ+ अ-

काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका अनुसार यस वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो ।

७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । सबैभन्दा बढी सङ्क्रमित काठमाडौंमा छन् । काठमाडौं जिल्लामा मात्र २ सय ८७ जनामा संक्रमण देखिएको छ ।

काठमाडौँ उपत्यकाका ३ सय ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका २८७, भक्तपुरका ४२ र ललितपुरका ३१ जनामा डेंगु पुष्टि भएको हो । देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु फैलिएको छ । देशभर २ हजार ३ सय ६५ जना सङ्क्रमितमध्ये तीन सय ६० जना काठमाडौँ उपत्यकामा फेला परेका हुन् । डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् ।

देशभर ७७ मध्ये चार जिल्ला मात्र डेंगुबाट सुरक्षित छन् । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको इडीसीडीले जनाइएको छ ।