२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल कुलमान भन्छन्ः वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशः खालेदा जिया जेलमुक्त, युनुस अन्तरिम सरकार प्रमुख



खालेदा जिया
अ+ अ-

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर बिदेश पलायन भएलगत्तै बंगलादेशमा नयाँ सत्ता समिकरणको क्रम सुरू भएको छ ।

राष्ट्रपति मोहम्मद शाहबुद्दीनले लामो समयदेखि जेलमा रहेकी पूर्व प्रधानमन्त्री एवं विपक्षी नेतृ खालेदा जियालाइ जेलमुक्त गर्नु भएको छ ।

बेगम खालेदा जिया मुख्य विपक्षी दल बंगलादेश नेसन्लिस्ट पार्टी (बिएनपी) की अध्यक्ष हुन् । हाल ७८ वर्षकी जियाको स्वास्थ्य अवस्था नाजूक रहेको छ तर पूर्व प्रधानमन्त्री शेख हसिनाको सरकारले जिया विरुद्ध भ्रष्टाचारको आरोप लगाउँदै १७ वर्षको जेलसजाय दिएर थुनामा रहेकी थिइन् ।

राष्ट्रपति शाहबुद्दीनले डाकेको बैठकमा सेना प्रमुख वाकर–उज–जमान, बिएनपी र जमात ए इस्लामी पार्टी समेतका अन्य दलका शीर्ष नेताहरु उपस्थित थिए । उक्त बैठकमा प्रदर्शनका क्रममा जेलमा रहेका सबैलाई जेलमुक्त गर्ने सहमति भएको बंगलादेशी अखबार डेली स्टारले जनाएको छ ।

गत जुलाईदेखि बंगलादेशमा विद्यार्थीहरुले सरकार विरोधी अभियान थालेका थिए जसमा सयौं व्यक्तिको मृत्यु भएको छ ।

अन्तरिम सरकारको नेतृत्व युनुसलाई दिने तयारी

नोबेल पुरस्कार विजेता डा मोहम्मद युनुसलाई आगामी सरकारको मुख्य सल्लाहकार नियुक्त गर्न राष्ट्रपतिले आह्वान गर्न सक्ने बंगलादेशी अखबारहरुले जनाएका छन् । यसका लागि युनुसले आन्दोलनकारी विद्यार्थीहरुले राखेको प्रस्तावलाई स्वीकार गरेको बताइएको छ ।

आन्दोलनकारी विद्यार्थी नेता नाहिद इस्लामले आफूहरुले डा युनुससँग वार्ता गरेको र मुलुकको विद्यमान परिस्थितिलाई ध्यानमा राखी जतिसक्दो चाँडो डा युनुसको नेतृत्वमा सरकार गठन गर्न गरिएको प्रस्तावलाई उहाँले स्वीकार गर्नु भएको बताएका छन् ।

डा मोहम्मद युनुस

बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छाडेपनि देशका विभिन्न भागमा लुटपाट, गोली चलाउने, दंगाफसाद, आगजनी र धार्मिक स्थलहरुमा आक्रमण गर्ने सिलसिला रोकिएको छैन ।

मुलुकको विग्रदो स्थितिलाई ध्यानमा राखी विद्यार्थी नेताहरु जतिसक्दो चाँडो अन्तरिम सरकार गठन गर्न तयार भएका छन् । उनीहरुले राष्ट्रपति शाहबुद्दीनलाई सरकार गठनमा बिलम्ब नगर्न आग्रह पनि गरेका छन् । उनीहरुले मन्त्रिपरिषदका सदस्यहरुको नाम पनि मंगलबार नै सार्वजनिक गरिसक्ने बताएका छन् ।

विद्यार्थी नेता नाहिदले अबको सरकार कुनै सेनाको नेतृत्वमा नहुने अथवा सेना समर्थित सरकार, पूर्ववर्ती सरकारमा काम गरिसकेका व्यक्तिको नेतृत्वमा सरकार गठन नहुने र त्यस्तो भएमा आफूहरुले अस्वीकार गर्ने बताएका छन् ।

नाहिदले सार्वजनिक सम्पत्ति र अल्पसंख्यकको सुरक्षाका लागि विद्यार्थीहरुले आजैदेखि खबरदारी गर्ने बताएका छन् ।




भर्खरै